• होमपेज
  • समाचार
  • नवराज सिलवालको ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता

नवराज सिलवालको ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता

  • बिहिबार, कार्तिक १६, २०७४
नवराज सिलवालको ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता

ललितपुर,कार्तिक १६ –

केहि पहिलेमात्रै एमाले प्रवेश गरेका पूर्व डिआईजी नवराज सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् । बिहिबार तामझामका साथ मनोनयन दर्तास्थल पुगेका उनले उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै आफूलाई राज्यले अन्याय गरेपनि जनताले अन्याय नगर्ने दाबी गरे ।
एमालेबाट उम्मेदवार बनेका उनले भने, ‘न्याय माग्न जनतामा आएको छु । जनताले मलाई न्याय गर्नेछन् । राज्यले गरेको अन्याय म जनताबाट माग्छु ।’

उनले विगतमा आफू कानून लागू गर्ने ठाउँमा भएको र आज देश समृद्ध बनाउने ठाउँमा आएको भन्दै अमूल्य मत दिएर विजयी गराउन आह्वान गरे ।
सिलवालले निर्वाचनपछि वामपन्थी सरकार बनेर देश विकास हुने समेत बताए ।

नेपाली कांग्रेसका उदयर शमशेर राणासँग मुख्य प्रतिस्पर्धा गर्न लागेका उनलाई नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार