• होमपेज
  • Uncategorized
  • चितवन काँग्रेसको उम्मेद्वार टुंगियो, प्रतिनिधि सभामा बुर्लाकोटी, अधिकारी र पाण्डे भिड्दै

चितवन काँग्रेसको उम्मेद्वार टुंगियो, प्रतिनिधि सभामा बुर्लाकोटी, अधिकारी र पाण्डे भिड्दै

  • बिहिबार, कार्तिक १६, २०७४
चितवन काँग्रेसको उम्मेद्वार टुंगियो, प्रतिनिधि सभामा बुर्लाकोटी, अधिकारी र पाण्डे भिड्दै

चितवन, कार्तिक १६–

चितवनबाट उम्मेदवारी दिने काँग्रेस नेताहरुको टुंगो लागेको छ ।

चितवन निर्वाचन क्षेत्र नः १ मा एमाले नेता सुरेन्द्र पाण्डेसँग काँग्रेसले राजेन्द्र बुर्लाकोटीलाई उम्मेद्वार बनाएको छ । यसअघि पनि बुर्लाकोटी पाण्डेसँग उठेर पराजित भएका थिए । चितवन क्षेत्र नः १ को प्रदेश क्षेत्र (क) मा धनबहादुर गुरुङ र (ख) मा उत्तम आर्चायलाई उम्मेदवार बनाएको काँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

यस्तैं, क्षेत्र नः २ बाट शिक्षा राज्यमन्त्री समेत रहेका शेषनाथ अधिकारी काँग्रेसको उम्मेद्वार बनेका छन् । यो क्षेत्रमा वामगठवन्धनबाट एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल उम्मेदवार छन् । काँग्रेसले प्रदेश क्षेत्र नं. २ (क)मा जिल्ला सभापति जितनारायण श्रेष्ठलाई र (ख) मा प्रकाश अधिकारीलाई टिकट दिएको छ ।

यस्तैं, क्षेत्र नः ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेलाई काँग्रेसले अघि सारेको छ । प्रदेश क्षेत्र नं.३ (क) मा काँग्रेसले दिनेश कोइराला र (ख) मा साजनकुमार महतोलाई उम्मेदवार बनाएको छ । (क) का उम्मेद्वार कोइराला यसअघि भरतपुर महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएपनि पार्टीले टिकट खोसेको थियो ।

यता, माओवादीको भागमा परेका चितवन क्षेत्र नः २ को (क) र क्षेत्र नः ३ को (ख) को उम्मेदवारको टुंगो अझै लागेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल चितवन आएपछि मात्रै टिकटको टुंगो लाग्ने माओवादी नेता सूर्य सुवेदीले बताए । दाहाल केहीबेरमा जिल्ला आउँदैछन् ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)