• होमपेज
  • Uncategorized
  • आज उम्मेदवार मनोनयन दर्ता, उत्साहजनकरुपमा सहभागी हुन आह्वान

आज उम्मेदवार मनोनयन दर्ता, उत्साहजनकरुपमा सहभागी हुन आह्वान

  • बिहिबार, कार्तिक १६, २०७४
आज उम्मेदवार मनोनयन दर्ता, उत्साहजनकरुपमा सहभागी हुन आह्वान

चितवन, कार्तिक १६–

निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा आज (कार्तिक १६ गते) बिहीवार दोस्रा् चरणमा हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको मनोनयन दर्ता कार्यमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आह्वान गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको उम्मेदवार मनोनयनलाई ऐतिहासिकरुपमा सफल बनाउने अभियानमा सहयोग पुर्‍याउन सबैसँग आग्रह गर्नुभयो ।

निर्वाचन मनोनयका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भइसकेको जनाउँदै उहाँले भन्नुभयो, “ बिहान १० देखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि उपस्थित हुन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन आयोग हार्दिक आह्वान गर्दछ ।”

मुलुकका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले बिहीबार मनोनयन दर्ता गर्दै हुनुहुन्छ । आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा हुँदैछ ।
चितवनमा भरतपुरस्थित सहकारी तथा प्रशिक्षण डिभिजन कार्यालयको परिसरमा स्थापना गरिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ताको काम हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)