• होमपेज
  • Uncategorized
  • स्वस्तिक नेपालको स्मारिका विमोचन

स्वस्तिक नेपालको स्मारिका विमोचन

  • बुधबार, कार्तिक १५, २०७४
स्वस्तिक नेपालको स्मारिका विमोचन

चितवन, कार्तिक १५-

स्वस्तिक नेपाल नामक सामाजिक गैरसरकारी संस्थाले प्रकाशन गरेको स्मारिका विमोचन एवं मानव सेवा आश्रम भरतपुरमा आश्रितहरुलाई भोजन कार्यक्रम सम्पन्न भएको छ ।

भरतपुर वाईपासरोडमा रहेको आश्रममा आज एक कार्यक्रमको आयोजना गरी संस्थाले आश्रमको संस्थागत आजिवन सदस्यता पनि लिएको छ । कार्यक्रममा आाफ्नो पहिलो पटक प्रकाशनमा आएको स्मारिकाको विज्ञापनबाट संकलित रकमबाट २५ हजार सहयोग शुल्क तिरेर आजिवन सदस्यता लिएको संस्थाले जनाएको छ । सदस्यता लिंदै आश्रममा आश्रित असहायहरुलाई भोजन सेवा समेत गराईएको थियो । सो क्रममा स्वास्तिक नेपालको स्मारिका समेत विमोचन गरिएको थियो ।

संस्थाका अध्यक्ष बालकृष्ण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै चितवनका प्रहरी उपरीक्षक दीपक थापाले आश्रममा आएर कार्यक्रम गरी सेवा गरेको भन्दै संस्थाको प्रशंसा गर्नुभयो । अध्यक्ष कँडेलले विगतमा पनि आश्रमका असहायहरुलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । शिक्षा, स्वास्थ्य र विभिन्न प्राशिक्षण कार्यक्रममा सक्रिय रहँदै आएको गैरसरकारी संस्था स्वस्तिक नेपालले यसअघि गएको फागुनमा पनि यहाँ खाद्यान्न उपलव्ध गराएको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हिरामान महर्जन, पूर्व अध्यक्षहरु गणेश प्रसाद पौडेल, महेन्द्र बहादुर कार्की, आश्रमका अध्यक्ष रामजी अधिकारीलगायतको उपस्थिीती रहेको थियो । स्वस्तिक नेपालको स्मारिक प्रकाशनबाट आएको केही रकम आश्रमलाई सहयोग गरिएको र केही रकम अन्य विपन्न क्षेत्रमा पनि सहयोग गर्ने योजना रहेको कार्यक्रम संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)