• होमपेज
  • Uncategorized
  • बेवारिसे कुकुरको संरक्षणका लागि च्यारिटी सचेतना कार्यक्रम हुने

बेवारिसे कुकुरको संरक्षणका लागि च्यारिटी सचेतना कार्यक्रम हुने

  • मङ्लबार, अशोज ३१, २०७४
बेवारिसे कुकुरको संरक्षणका लागि च्यारिटी सचेतना कार्यक्रम हुने

चितवन, असोज ३१-

सडकमा बेवारिसे रहेका कुकुरहरुको संरक्षणका लागि रोयल राइनो राइडर्स चितवनले च्यारिटी कार्यक्रमको आयोजना गर्दैछ ।

कुकुर तिहारको अवसर पारेर कात्र्तिक एक गते कार्यक्रम आयोजना गर्न लागिएको हो । बेवारिसे कुकुरहरुको संरक्षण गरौँ, उनीहरुलाई उपयुक्त वातारण निर्धारण गरौँ भन्ने उद्देश्यले मोटरसाइकल ¥याली सहित कार्यक्रम आयोजना गरिँदै छ । बुलेट बाइक जोन क्षेत्रपुरबाट दिउँसो ३ बजे सुरु हुने ¥याली केन्द्रिय बस टर्मिनल, गोन्द्राङ हुँदै सौराहमा पुगेर कार्यक्रममा परिणत हुने छ ।

कार्यक्रम संयोजक विवेक घिमिरेका अनुसार सौराहमा हुने समापन कार्यक्रममा त्यहाँ स्थानीयसँग वेवारिसे कुकुर संरक्षणका विषयमा कुराकानी समेत गरिने छ । रोयल राइनो राइडर्स चितवनका महासचिव सरोज श्रेष्ठका अनुसार कुकुरहरु संरक्षणका लागि च्यारिटी स्वरुप आयोजना गर्न लागिएको कार्यक्रमबाट संकलित रकम बेवारिसे कुकुरहरुको उपचार तथा भ्याक्सिनेशनमा उपयोग गरिने छ ।

श्रेष्ठले कार्यक्रममा बाइक भएका व्यक्तिहरुलाई सहभागीका लागि अनुरोध समेत गरेका छन् । श्रेष्ठका अनुसार कार्यक्रममा सहभागिता जनाउन ९८०२९४८७४७ वा ९८४५३३३५५६ मा सम्पर्क गरेर जानकारी लिन सकिने छ ।

यसबाहेक रोयल राइनो राइडर्स चितवनले सडक सम्बन्धी सचेतना कार्यक्रमहरु विभिन्न समयमा सञ्चालन गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)