• होमपेज
  • समाचार
  • नवलपरासीमा म्यादी प्रहरीका लागि ८ हजार बढिले दिए आवेदन

नवलपरासीमा म्यादी प्रहरीका लागि ८ हजार बढिले दिए आवेदन

  • मङ्लबार, अशोज ३१, २०७४
नवलपरासीमा म्यादी प्रहरीका लागि ८ हजार बढिले दिए आवेदन

ज्ञानु पंगेनी,

नवलपरासी, असोज ३१–

आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले खोलेको म्यादी प्रहरीको आवेदनमा नवलपरासीमा ८ हजार १ सय ४७ जनाको आवेदन परेको छ ।

जसमध्ये ६ हजार ४ सय ६४ पुरुष र १ हजार ६ सय ८३ जना महिलाले म्यादी प्रहरीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँडले जानकारी दिए । यहि असोज २३ गतेबाट असोज ३० गतेसम्म एक हप्ताको अवधिमा यी आवेदन परेका हुन् । आवेदन दिएकाहरुले बुधबार (भोली) विहान १० बजेभित्र प्रहरी कार्यालयमा सम्पर्क गर्नका लागि समेत प्रहरी नायव निरीक्षक खाँडले आग्रह गरेका छन् ।

यहि कात्तिक ५ गतेदेखि ८ गतेसम्म छनोट प्रक्रियाको समय तालिका हरेको छ भने छनोटमा परेकाहरुका लागि कात्तिक १२ गतेदेखि २४ गतेसम्म तालिम प्रदान गरिने जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

नवलपरासीका लागि कति जना म्यादी प्रहरी खटिने छन् भन्ने कुनै जानकारी नआएको खाँडले बताए । आवेदन दिनेहरुमा अधिकांश युवा नै रहेको उनले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार