• होमपेज
  • समाचार
  • खैरहनीमा रँगोली प्रतियोगिता, ग्लोसाईन एकाडेमी पहिलो

खैरहनीमा रँगोली प्रतियोगिता, ग्लोसाईन एकाडेमी पहिलो

  • मङ्लबार, अशोज ३१, २०७४
खैरहनीमा रँगोली प्रतियोगिता, ग्लोसाईन एकाडेमी पहिलो

चितवन, असोज ३१–

दीपावलीको अबसर पारेर पूर्वी चितवनको खैरहनीमा मंगलबार रंगोली प्रतियोगिता गरिएको छ ।

विजनेस लहर साप्ताहिक पत्रिकाले आयोजना गरेको सो प्रतियोगितामा खैरहनी नगरपालिका भित्रका १० वटा संस्थागत विद्यालयका विद्यार्थीहरुले सहभागिता रहेको थियो । विद्यार्थीहरुले लक्ष्मीको पुजाको दिन लक्ष्मी भित्र्याउन घरको आगनमा बनाउने आर्कषक रंगोली बनाएका थिए । प्रतियोगितामा ग्लोसाईन एकाडेमी प्रथम, मोडन इङलीस बोर्डिङ स्कूल द्धितीय, मदरल्याण्ड एकाडेमी तृतीय रल ज्ञानसुधा इङ्लीस स्कूल सान्त्वना भएको पत्रिकाका प्रकाशक रामेश्वर रिजालले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले प्रमाणपत्र र शिल्ड प्राप्त गरेका थिए । प्रतियोगिताको निर्णायकमा समाजसेवी मुरलीप्रसाद गजुरेल,पत्रकार होमनाथ सापकोटा,ध्रुवराज खनाल,विकास पौडेल र शिक्षकहरु सुमन कडरिया,नवराज ढकाल रहेका थिए । वडा नं.६ का वडा अध्यक्ष तथा निमित्त मेयर रामशरण पाण्डे प्रमुख अतिथि रहेको सो कार्यक्रममा खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत टेकरान निरौला, सुकृपा कपी उद्योगका सञ्चालक शुशिल विसुराल, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्ररही निरीक्षक दयाकृष्ण भट्ट, नेकपा एमालेका जिल्ला सदस्य दुर्गा अर्याल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम पत्रिकाका प्रकाशक रामेश्वर रिजालको अध्यक्षतामा भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार