• होमपेज
  • समाचार
  • जिल्ला बन पैदावार आपुर्ती समितीमा ४ सयको निवेदन

जिल्ला बन पैदावार आपुर्ती समितीमा ४ सयको निवेदन

  • मङ्लबार, अशोज ३१, २०७४
जिल्ला बन पैदावार आपुर्ती समितीमा ४ सयको निवेदन

ज्ञानु पंगेनी,

नवलपरासी, असोज ३१–

जिल्ला बन पैदावार आपुर्ती समिती नवलपरासीमा काठ माग गर्नका लागि करीब ४ सय निवेदन परेका छन् । नवलपरासी सुस्ता पूर्व नवलपुरमा २ सय र परासी २ सय गरि ४ सय निवेदन परेको समितीका सदस्य सचिव भरत भण्डारीले जानकारी दिनुभयो ।

सो निवेदन उपर चेकजाँचका लागि जिल्ला बन पैदावार आपुर्ती समितीको टोली अहिले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाको अनुगमनमा निस्किएको छ ।

समितीका सदस्य सचिव भरत भण्डारीको नेतृत्वमा टोलीलले आज कावासोती र देवचुली नगरपालिकामा आपुर्ती समितीमा परेका निवेदनमाथी जाँचबुझ गर्नका लागि अनुगमन गरेको छ । सोमबार गैंडाकोट नगरपालिकामा अनुगमन गरिएको थियो । यस समितीले उपभोक्ताहरुले माग गरे अनुसार उनीहरुका लागि काठ आवश्यक छ कि छैन भनेर अनुगमन गरेर सिरफारिस गर्ने काम गर्दछ । नवलपरासीमा काठ माग अत्याधिक रहेको सदस्य सचिव भण्डारीले बताए । माग बमोजिम काठ पुर्‍याउन सकिने अवस्था नरहेकोले अनुगमन गरि उपभोक्ताले निर्माण गर्न थालेका संरचनाका आधारमा काठ उपलब्ध गराईने भण्डारीले जानकारी दिनुभयो ।

बन पैदावार निती अनुसार बन्न लागेका ठूला घरका लागि ४० देखि ५० क्युफिट, सानो कच्ची घरका लागी ३० क्युफिट र बनीसकेको झ्यालढोका मात्रै राख्न बाँकी रहेको घरका लागि २० क्युफिट काठ उपलब्ध हुने व्यवस्था रहेको भण्डारीले जानकारी दिनुभयो ।

अनुगमन टोलीका अर्का सदस्य कमल किशोर रायमाझीले दैवी प्रकोपमा परेका जस्तैः आगलागी, बाढी पहिरोबाट भौतिक संरचना क्षती पुगेकाहरु पहिलो प्रथमिकतामा पर्ने बताउनुभयो । यसअघि जिल्लाको प्रतापपुर, सुस्ता लगायतका स्थानमा पनि अनुगमन गर्ने काम सम्पन्न गरिएको रायमाझीले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार