• होमपेज
  • समाचार
  • रमेश दुलालले गरे रत्नपार्कमा काग सम्मेलन

रमेश दुलालले गरे रत्नपार्कमा काग सम्मेलन

  • मङ्लबार, अशोज ३१, २०७४
रमेश दुलालले गरे रत्नपार्कमा काग सम्मेलन

काठमाडौं,असोज ३१ –

नेपालीहरुको दोस्रो महान चाड काग तिहार मंगलबारबाट शूरु भएको छ । तिहारको पहिलो दिन आज काग तिहार हो । काग तिहारको दिन चराको आवाज निकाल्ने रमेश दुलाललाई विशेष हुने गरेको पाईन्छ ।

१७० चराको आवाज निकाल्न सक्ने उनले आज कागलाई बोलाएका छन् । दुलाले काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा काग सम्मेलन गरेका छन् । शान्ति बाटिकामा काग आवाज निकालेर काग बोलाएपछि उनको वरिपरि काग झुम्मिएका थिए ।

प्रत्येक वर्ष काग तिहारको दिनमा काग सम्मेलन गदै आएका दुलालको यो १४ औं काग सम्मेलन हो । लोकको खबर यमराज समक्ष पठाउने माध्यमको रुपमा लिइने कागको बारेमा लामो समयसम्म अध्ययन गरेका दुलालले कागलाई साथीको रुपमा लिएको बताए ।‘मैले कागलाई उसकै भाषामा बोलाउछु र सन्देश पनि पठाउने गरेको छु’ दुलालले भने ‘ सन्देश पठाउने माध्यमको रुपमा लिइने कागले साच्चै नै सन्देश लिएर जाने गरेको मैले पाएको छु ।’

उनले अघि भने, म कागको खुसी ,दुःख पीडा सबै थाहा पाँउछु र उनीहरु दुःख, सुखमा कसरी अवाज निकाल्छन् त्यसको बारेमा आफु जानकार रहेको उनी बताँउछन् ।
तिहार मनपर्ने बताँउदै उनले काग बोलाउदा एक प्रकारको रमाईलो अनुभव हुने बताए ।

Facebook Comments

सम्बन्धित समाचार