• होमपेज
  • समाचार
  • बारामा एसएलसीको नक्कली सर्टिफिकेट बनाउने एक व्यक्ति पक्राउ

बारामा एसएलसीको नक्कली सर्टिफिकेट बनाउने एक व्यक्ति पक्राउ

  • मङ्लबार, अशोज ३१, २०७४
बारामा  एसएलसीको नक्कली सर्टिफिकेट बनाउने  एक व्यक्ति पक्राउ

बारा,असोज ३१ –

एसएलसीको नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ। जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. २३ स्थित डाबर नेपाल प्रा।लि।अगाडिबाट सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. ९ का अवधेश साहलाई पक्राउ प्रहरीले पक्राउ गरेको हो। साहले नक्कली सर्टिफिकेट बनाएर डाबर नेपालसहित कलकारखानामा जागिर लगाउने गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नक्कली सर्टिफिकेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए। साहलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता साहले जानकारी दिए।

Facebook Comments

सम्बन्धित समाचार