बझाङ,असोज ३१ –
पाँच सय ग्राम लागुऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । सोमबार चैनपुरदेखि महेन्द्रनगरका लागि छुटेको ना ६ ख १६८८ नम्बरको यात्रुवाहक बसमा यात्रा गरिरहेका कैलाली जिल्ला धनगढी उपमहानगरपालिका-१२ ए गाउँ बस्ने १७ वर्षका विनोद थापा र २१ वर्षका किसन थापा पक्राउ परेका हुन् । उनीहरुको झोलाबाट चरेस बरामद गरेको प्रहरी नायव उपरीक्षक ऋषिराम कडेलले बताउनुभयो ।
प्रसनि भिम बहादुर चौधरीको प्रहरी टोलीले प्रहरी चौकी स्याँडीबाट चरेस बरामद गरेको हो । चरेससहित दुबै जना नियन्त्रणमा राखिएको र धनगढी उपमहानगरपालिका १२ बस्ने शेर बहादुर फरार रहेकोले निजको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।