• होमपेज
  • समाचार
  • नेपालगञ्जमा पाँच सयको नक्कली नोटको कारोबार

नेपालगञ्जमा पाँच सयको नक्कली नोटको कारोबार

  • मङ्लबार, अशोज ३१, २०७४
नेपालगञ्जमा पाँच सयको नक्कली नोटको कारोबार

बाँके, असोज ३१ –

बाँकेको नेपालगञ्ज बजारमा नक्कली पाँचसयको नोटको कारोबार भइरहेको पाइएको छ । नेपालगञ्जको सुनगाभा स्वास्थ्य सहकारी संस्था लिमिटेडले बचत कर्तालाई रकम फिर्ता दिनका लागि न्युरोडमा रहेको नेपाल बैंक लिमिटेडबाट चेकमार्फत असोज २४ गते रकम झिकेको थियो ।
पाँचसयको नोटको गड्डी लिएर बचत कर्तालाई बुझाउने क्रममा त्यसभित्र एउटा नक्कली नोट फेला परेको सहकारीका अध्यक्ष रोमहर्ष धितालले जानकारी दिनुभयो ।

ग्राहकले नक्कली आशंका गरेपछि फेरि बैंकमा पुग्दा नोट नक्कली भएको तर आफ्नो बैंकबाट कारोबार नभएको भन्दै फिर्ता पठाएको धितालले बताउनुभयो । सक्कली र नक्कली नोट हेर्दा पनि स्पष्ट छुट्टाउन सकिन खालको रहेको छ ।
धितालले यसखालका नक्कली नोटको कारोबार नेपालगञ्जमा व्यापकरुपमा भएको हुन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार