• होमपेज
  • Uncategorized
  • कंकाली बनले स्थानीयलाई रोजगार बनाउने

कंकाली बनले स्थानीयलाई रोजगार बनाउने

  • मङ्लबार, अशोज ३१, २०७४
कंकाली बनले स्थानीयलाई रोजगार बनाउने

चितवन, असोज ३१–

समुदायलाई वन हस्तान्तरण गरेपछि कंकाली सामुदायिक वन हरियाली हुनुका साथै स्थानीय पर्यापर्यटनमा समेत वृद्धि भएको छ । रातो माटो भएको खाली डाँडोमा समुदायले वृक्षरोपण गरेपछि उक्त ठाउँमा हरियाली छाएको हो ।

कंकाली सामुदायिक वनमा अहिले वनभोज स्थल, स्वीमिङ पुल, भ्यु टावर लगायतका पर्यटकीय स्थलहरु निर्माण गरिएको छ । सामुदायिक वनले स्थानीयलाई आवश्यक पर्ने काठ, दाउरा, घाँससमेत उपलब्ध गराउँदै आएकोले वनको २१औँ परिषद भेलाबाट समेत उक्त वनलाई वैज्ञानिक व्यवस्थापन गर्दै अगाडि बढ्ने निर्णय भएको छ । वनको प्राप्त आम्दानीबाट विपन्न वर्गका उपभोक्ता सदस्यहरुको लागि आयमूलक कार्यक्रम गर्दै अगाडि बढ्ने निर्णय गरिएको छ ।

वनको खाली रहेको भागमा आफ्नै नर्सरीबाट उत्पादित बिरुवा रोप्ने, पहिरोग्रस्त क्षेत्र र नदी उकास कार्यक्रम अन्तर्गत बाँस, अमिलो र अन्य जातका बिरुवाहरु रोपिने जनाइएको छ । वनको पर्यापर्यटन विकास कार्यक्रम अन्तर्गत वनभोज स्थलमा भौतिक संरचना थप गरिने, माछा पालन पोखरीमा व्यवस्थित तरिकाले फिसिङ गर्ने, कंकाली माईको मन्दिरको संरक्षण एवम् संवद्र्धन गरिने परिषद् भेलाले निर्णय गरेको छ । कार्यक्रममा लेखा समिति सदस्य बालकृष्ण सापकोटाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वनका सदस्य नारायण खनालले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष भीमसेन खनालले आगामी वर्षको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा मालेका मिनबहादुर कार्की, राप्रपाका देवराज कंडेल, माओवादी केन्द्रका रामेश्वर पोखरेल, नेपाली काँग्रेसका रामनाथ न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)