• होमपेज
  • अर्थ/वाणिज्य
  • तिहार सुरु भएपनि सुनचाँदीको कारोबार उत्साहजनक नभएको : व्यवसायी

तिहार सुरु भएपनि सुनचाँदीको कारोबार उत्साहजनक नभएको : व्यवसायी

  • मङ्लबार, अशोज ३१, २०७४
तिहार सुरु भएपनि  सुनचाँदीको कारोबार उत्साहजनक नभएको : व्यवसायी

काठमाडौं, असोज ३१ –

तिहार सुरु भएपनि यो वर्ष सुनचाँदीको कारोबार उत्साहजनक नभएको व्यवसायीले बताएका छन् । गएका वर्षहरुमा तिहार सुरु हुनु एक हप्ताअघि दैनिक ४० देखि ४५ किलोसम्म सुनको कारोबार हुने गरेको सुन यो वर्ष दैनिक ३५ किलोसम्म मात्र कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

यस्तै चाँदी दैनिक ५ सय किलोसम्म कारोबार हुने गरेकोमा यो वर्ष ४ सय किलोभन्दा धेरै कारोबार हुन नसकेको उहाँले जानकारी दिनुभयो । तर मंगलबार धन्तेरस परेकाले सुनचाँदीको कारोबार बढ्ने उहाँको अनुमान छ । शाक्यका अनुसार ९९ प्रतिशत मानिसले मंगलबार किनेको सुनचाँदी लक्ष्मीपूजाको दिन चढाउने परम्परा छ । मंगलबार पित्तल र तामाको पनि कारोबार हुने उहाँले जानकारी दिनुभयो ।
यसैबिच सुनको भाउ मंगलबार तोलामा एक सय रुपैयाँ घटेर तोलाको ५६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ भने गएको बिहीबारदेखि कुनै घटबढ भएको छैन । चाँदी आजपनि तोलाको ७ सय ७५ रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा