• होमपेज
  • समाचार
  • मोरङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोरङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

  • मङ्लबार, अशोज ३१, २०७४
मोरङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

उर्लाबारी(मोरङ),असोज ३१ –

मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा गएराति एकजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गरेको मे५प ४९९९ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को६प ९६५९ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ९६५९ नंको मोटरसाइकल पछाडि सवार कानेपोखरी गाउँपालिका–७ बस्ने ५६ वर्षीय शिवबहादुर राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति उपचारकै क्रममा मृत्यु भएको हो ।

सोही मोटरसाइकलका चालक ५७ वर्षीय विष्णुकुमार राई गम्भीर घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा ४९९९ नंको मोटरसाइकलका चालक झापा बाह्रदसी गाउँपालिका–४ बस्ने ३० वर्षीय सन्तबहादुर ताजपुरिया र पछाडि सवार सोही ठाउँका २४ वर्षीय किरण राजवंशी सामान्य घाइते भएका छन् । उनीहरूको बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा