• होमपेज
  • Uncategorized
  • ‘बादल’ चितवन क्षेत्र नम्बर २ बाट लड्ने भएपछि एमालेमा चुलियो असन्तुष्टि

‘बादल’ चितवन क्षेत्र नम्बर २ बाट लड्ने भएपछि एमालेमा चुलियो असन्तुष्टि

  • सोमवार, अशोज ३०, २०७४
‘बादल’ चितवन क्षेत्र नम्बर २ बाट लड्ने भएपछि एमालेमा चुलियो असन्तुष्टि

चितवन, असोज ३०–

नेकपा माओवादी (केन्द्र)का प्रभावशाली नेता रामबहादुर थापा ‘बादल चितवन क्षेत्र नं.२ बाट चुनाव लड्ने पक्का जस्तै भएपछि एमाले चितवनमा असन्तुष्टि पैदा भएको छ ।

यस क्षेत्रबाट चुनाव लड्न एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल सर्वसम्मत रुपले सिफारिसमा परेका थिए । तर अध्यक्ष पोखरेललाई विस्थापित गर्नेगरि बादल आउने संभावना बलियो बनेपछि एमाले चितवनमा अहिले खैलाबैला मच्चिएको छ । एमालेका जिल्ला तहका नेता तथा कार्यकर्ताहरुले बादल समानुपातिकमा पर्ने र क्षेत्र नं.२ बाट एमाले जिल्ला अध्यक्ष पोखरेलले नै टिकट पाउने अनुमान गरेका थिए । तर समानुपातिकको बन्द सूचीमा बादलको नाम नपरेपछि उनी प्रत्यक्षबाटै चुनाव लड्ने संभावना प्रबल बनेको हो । बादलले चितवन क्षेत्र नं.२ बाटै चुनाव लड्ने अडान केन्द्रस्तरमा राख्दै आएका छन् ।

सामाजिक संजालमा एमालेका नेता तथा कार्यकर्ताहरुले बादललाई चितवन क्षेत्र नं.२ दिन नसकिने रोषपूर्ण स्टाटसहरु लेख्न थालेका छन् । कतिपयले यसको असर प्रचण्डसम्म पुग्ने विश्लेषण गर्न थालेका छन् । बलियो जनाधर भएको क्षेत्रमा माओवादीलाई दिन नसकिने जिल्लास्तरका नेताहरुले भन्दै आएका छन् ।

क्षेत्र नं.२ मा पर्ने कालिका नगरपालिकाको मेयर/उपमेयरलगायतका अधिकांश वडा एमालेले जितेको छ भने इच्छाकामना गाउँपालिकामा काँग्रेसले जितेको छ । त्यसैले यी क्षेत्रमा माओवादी (केन्द्र) निकै कमजोर मानिएको छ ।

एमाले जिल्ला अध्यक्ष पोखरेलले चितवनमा माओवादी केन्द्रलाई दुई वटा निर्वाचन क्षेत्र नदिन चौतर्फी दवाब आईरहेको नारायणी अनलाईसंग बताए । उनले भने–“चितवनमा एमालेको बलियो जनाधार छ, पार्टीका नेता तथा कार्यकर्ताहरुबाट माओवादी दुई क्षेत्र नसुम्पिन निकै दवाब छ, हामीले केन्द्रस्तरमा कुरा गरिरहेका छौं ।”

अध्यक्ष पोखरेल यसअघि २०७० सालको संविधानसभाको निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए । उनले आफ्नो क्षेत्रमा पकड जमाएका छन् । जसले गर्दा आफू सो क्षेत्र नछोड्ने अडानमा पोखरेल छन् ।

चितवनमा माओवादी भन्दा एमाले निकै बलियो छ । जसका कारण माओवादीलाई जिल्लाको एक क्षेत्र मात्रै दिन सकिने कार्यकर्ता र नेताहरुले जोड गर्न थालेका छन् । यस्तै उनीहरुले प्रदेश सभा तर्फ क्षेत्र नं.३ को (ख) क्षेत्र पनि एमालेले नै पाउनुपर्ने अडानमा छन् । एमालेबाट चितवन क्षेत्र नं.१ मा सुरेन्द्र पाण्डे सर्वसम्मत सिफारिस भएका छन् भने क्षेत्र नं.३ मा घनश्याम भट्टराईलगायतको नाम सिफारिस गरेको छ ।

तर माओवादी अध्यक्ष प्रचण्ड एमालेको सहयोगमा चितवन क्षेत्र नं.३ बाट चुनाव लड्दैछन् । एमालेका जिल्ला नेता र सो क्षेत्रका एमाले कार्यकर्तामा असन्तुष्टि पैदा भए प्रचण्डलाई चुनाव जित्न कठिन हुने देखिन्छ । एमालेका नेता तथा कार्यकर्ताहरुले खुलेआम यो चुनौती प्रचण्डसामु तेर्साएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार