• होमपेज
  • समाचार
  • राजपाले कांग्रेससँग ६० प्रतिशत सिट माग्यो,सिट नपाए चुनावी तालमेल नगर्ने चेतावनी

राजपाले कांग्रेससँग ६० प्रतिशत सिट माग्यो,सिट नपाए चुनावी तालमेल नगर्ने चेतावनी

  • सोमवार, अशोज ३०, २०७४
राजपाले कांग्रेससँग ६० प्रतिशत सिट माग्यो,सिट नपाए चुनावी तालमेल नगर्ने चेतावनी

काठमाडौं,असोज ३० –

राजपा नेपालले आगामी निर्वाचनमा नेपाली कांग्रेससँग ६० प्रतिशत सिट मागेको छ । माग गरेअनुसारको सिट नपाए कांग्रेससँग चुनावी तालमेल नगर्ने उसले चेतावनीसमेत दिएको छ ।

सोमबार रिपोर्टस क्लब नेपालमा आयोजित साक्षात्कारमा राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले कांग्रेसले झापादेखि कञ्चनपुरसम्म आफूहरुलाई ६० प्रतिशत सिट नदिए चुनावी तालमेल नहुने स्पष्ट पारेका हुन् ।

उनले भने, ‘हामी राजपा नेपाल र संघीय समाजवादीफोरम नेपालवीच गठबन्धन बनेको छ, त्यसैले हामीले चुनावमा जाँदा झापादेखि कञ्चनपुरसम्म कांग्रेसभन्दा बढी नै सिट मागेका छौं ।’

उनले कम्तिमा ५० देखि ६० प्रतिशत आफूहरुको गठबन्धनलाई दिएमात्रै कांग्रेससँग चुनावी तालमेल हुने बताए ।

नेता कर्णले तोकिएकै मितिमा चुनाव हुने भन्दै चुनाव हुँदैन कि भनेर आशंका नगर्न आग्रह समेत गरे । ‘यदि चुनाव भएन भने देश सामान्य अवस्थामा रहन सक्दैन, त्यसैले तोकिएकै समयमा निर्वाचन हुन्छ,’ उनले भने, ‘यसमा कसैले शंका गर्नुहुँदैन ।’

त्यस्तै उनले आफ्ना पार्टीका शीर्ष नेताहरुले पनि चुनाव लड्ने जानकारी दिए । उनले थपे, ‘हाम्रा पार्टीका शीर्ष नेताहरु पनि चुनाव लड्नुहुन्छ, उहाँहरु चुनाव लड्नुहुन्छ, म स्वयम पनि पर्सा क्षेत्र नम्बर ४ बाट चुनाव लड्दैछु ।’

नेता कर्णले वामपन्थी गठबन्धन बन्नु नौलो कुरा नभएको बताए । उनले थपे, ‘थ्रेस होल्डले गर्दा पार्टीहरु मिल्न बाध्य भएका छन्, विचार मिल्नेहरुवीच साझेदारी हुनु खुशीको कुरा हो ।’

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा