• होमपेज
  • Uncategorized
  • चितवनमा ३ लाख ५४ हजारले मतदान गर्न पाउने, ४१ हजार नयाँ मतदाता थपिए

चितवनमा ३ लाख ५४ हजारले मतदान गर्न पाउने, ४१ हजार नयाँ मतदाता थपिए

  • सोमवार, अशोज ३०, २०७४
चितवनमा ३ लाख ५४ हजारले मतदान गर्न पाउने, ४१ हजार नयाँ मतदाता थपिए

राजु चौधरी,

चितवन, असोज ३०–

आउँदो मंसिर २१ मा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा चितवनका ३ लाख ५४ हजार ३५ जनाले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले पठाएको विवरणलाई अन्तिम रुप दिँदै निर्वाचन आयोगले मतदाता नामावली पठाएसंगै चितवनको मतदाता विवरण टुंगो लागेको हो ।

स्थानीय तहको निर्वाचन भन्दा यस निर्वाचनमा ४१ हजार बढि नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय भरतपुरका सूचना अधिकारी भीम ढकालले जानकारी दिनुभयो ।

चितवनमा प्रतिनिधि सभा तर्फ सबैभन्दा बढि क्षेत्र नम्बर ३ मा मतदाता रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नं.६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र माडी नगरपालिका रहेकोले मतदाताको संख्या बढि भएको हो । यस क्षेत्रमा कुल एक लाख २५ हजार ८ सय १८ मतदाता रहेका छन् ।

यस्तै क्षेत्र नम्बर ३ पछि क्षेत्र नम्बर १ मा बढि मतदाता रहेका छन् । यस क्षेत्रमा कुल एक लाख १९ हजार ९ सय ९८ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका पर्दछ ।

त्यस्तै क्षेत्र नम्बर २ मा एक लाख ८ हजार २ सय १९ मतदाता रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नं.१, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ वडासंगै, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्दछ ।

पुरुष भन्दा महिला मतदाता बढि

चितवनमा पुरुषको तुलनामा महिला मतदाता बढि देखिएका छन् । जिल्लामा कुल एक लाख ६९ हजार ९ सय ६५ मतदाता पुरुष छन् भने एक लाख ८४ हजार ६९ मतदाता महिला छन् । यस्तै जिल्लामा एक जना मात्रै तेस्रो लिंगी मतदाता रहेका छन् ।

चितवनको क्षेत्र नं.१ मा पुरुष मतदाता ५७ हजार ६ सय ९९ रहेका छन् भने महिला मतदाता ६२ हजार २ सय ९९ रहेका छन् । त्यस्तै क्षेत्र नं.२ मा पुरुष मतदाता ५२ हजार ७ सय १७ र महिला मतदाता ५५ हजार ५ सय एक रहेका छन् । यसैगरि क्षेत्र नं.३ मा ५९ हजार ५ सय ४९ पुरुष मतदाता रहेका छन् भने ६६ हजार २ सय ६९ महिला मतदाता रहेका छन् ।

प्रदेश सभाको क्षेत्र नंं.३ (क) मा सबैभन्दा बढि मतदाता

चितवनमा प्रतिनिधि सभामा तीन वटा निर्वाचन मात्रै निर्वाचन क्षेत्र रहेपनि प्रदेश सभामा भने ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । जसमध्ये सबैभन्दा बढि निर्वाचन क्षेत्र नं.३ (क)मा सबैभन्दा बढि मतदाता रहेका छन् । यस क्षेत्रमा ३२ हजार ५४ पुरुष र ३६ हजार तीन सय ६ जना मतदाता गरि ६८ हजार तीन सय ६० मतदाता रहेका छन् ।

यसपछि क्षेत्र नं.१ (ख) ३० हजार ६ सय ९९ पुरुष र ३३ हजार ७ सय ५८ महिला गरि कुल ६४ हजार ४ सय ५७ मतदाता रहेको छन् । त्यसैगरि क्षेत्र नं.३ (ख)मा २७ हजार ४ सय ९५ पुरुष र २९ हजार ९ सय ६३ महिला गरि ५७ हजार ४ सय ५८ मतदाता रहेका छन् ।

यस्तै क्षेत्र नंं.२ (ख)मा २६ हजार २ सय एक पुरुष र २९ हजार ७ सय १७ महिला र एक तेस्रो लिंगी मतदाता गरि ५५ हजार ९ सय १९ मतदाता रहेका छन् भने (क) मा २६ हजार ५ सय १६ पुरुष र २५ हजार ७ सय ८४ महिला गरि ५२ हजार तीन सय मतदाता रहेका छन् ।

यस्तै क्षेत्र नं.१ (क) मा २७ हजार पुरुष र २८ हजार ५ सय ४१ महिलागरि ५५ हजार ५ यस ४१ मतदाता रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार