• होमपेज
  • समाचार
  • राष्ट्रिय परिषद्लाई सहयोग स्वरूप एकथान शववहान प्राप्त

राष्ट्रिय परिषद्लाई सहयोग स्वरूप एकथान शववहान प्राप्त

  • सोमवार, अशोज ३०, २०७४
राष्ट्रिय परिषद्लाई सहयोग स्वरूप एकथान शववहान प्राप्त

चितवन, असोज ३०–

तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद्लाई सहयोग स्वरूप एकथान शववहान प्राप्त भएको छ ।

तमू एकताका धरोहर स्वर्गीय डा. रेमबहादुर गुरूङको ७०औँ जन्मजयन्तीको अवसरमा उनकी धर्मपत्नी चन्द्रा गुरुङले तमू ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्लाई परिषद्को कार्यालयमा एक विशेष समारोह आयोजना गरेर शववाहन हस्तान्तरण गरेकी छन् । १२ लाख रूपैयाँ मूल्य पर्ने टाटा सुमो शववाहनको साँचो पूर्व राज्यमन्त्री इन्द्रबहादुर गुरूङको हातबाट तमू ह्युल छोँज धीँका केन्द्रीय अध्यक्ष रेशम गुरूङलाई हस्तान्तरण गरिएको हो ।

आफ्नो श्रीमान् जीवितै रहँदा पनि धेरै काम गर्न बाँकी रहेकोले स्वर्गीय श्रीमान्को सपना पूरा गर्नका लागि पनि तमू ह्युल छोँज धीँलाई शववहान सहयोग गरेको चन्द्रा गुरूङले बताइन् । स्वर्गीय डा। गुरूङ तत्कालीन तमू छोंज धीँको २०५५ देखि २०६५ अवधिको अध्यक्ष थिए । तत्कालीन तमू छोँज धीँ र तमू ह्युल छोँज धीँको चितवनमा भएको एकता महाधिवेशन स्वर्गीय डा गुरूङकै नेतृत्वमा भएको थियो । उनकै प्रयासमा तमू ल्होछारको दिन नेपाल सरकारले सार्वजनिक बिदा दिइएको हो । यस्तै हाल राजधानीस्थित तमू ह्यलको केन्द्रीय कार्यालय भवन पनि उनकै कार्यकालमा सुरू भएको हो ।

ब्रिटिस सेनाबाट सेवा निवृत्त डा गुरूङ बिटिस सेनामा कार्यरत पहिलो नेपाली दन्त चिकित्सक हुन् । यसअघि चन्द्रा गुरूङले तमू भाषा, संस्कार र संस्कृतिको सोधपत्र प्रस्तोता (तमू विद्यार्थीको लागि) तमू ह्युललाई आफ्नो श्रीमान्को नाममा दुईलाख दुई हजार पाँचसय रूपैयाँको अक्षय कोषसमेत स्थापना गराएकी थिइन् ।

शववहान हस्तान्तरणपछि बोल्दै तमू ह्युल छोँज धीँका केन्द्रीय अध्यक्ष रेशम गुरूङले गुरूङ समुदायको लागि स्वर्गीग डा गुरूङको योगदानको जति नै प्रशंसा गरे पनि कम हुने बताए । राजधानीमा उपचारका क्रममा मृत्यु भएकाहरूको शव बोक्नको लागि सजिलो हुने उनले बताए । फोर ह्वील भएकोले पहाडी सडकमा पनि सजिलै चल्ने भएकोले समग्र सबैलाई सजिलो हुने अध्यक्ष गुरूङले बताए । श्रीमान्को मृत्युपछि पनि सामाजिक सेवामा सक्रिय चन्द्रा सुनसरी जिल्लामा जन्मिएका हुन् । उनी हाल राजधानी बस्दै आएकी छिन् । शववहान हस्तान्तरण कार्यक्रममा तमू ह्युल छोँज धीँका केन्द्रीय समिति, सल्लाहकार समिति, समाजसेवीलगायतको सहभागीता रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा