• होमपेज
  • समाचार
  • चितवनमा म्यादी प्रहरीका लागि आवेदन दिनेको भीड

चितवनमा म्यादी प्रहरीका लागि आवेदन दिनेको भीड

  • सोमवार, अशोज ३०, २०७४
चितवनमा म्यादी प्रहरीका लागि आवेदन दिनेको भीड

आशिष उप्रेती,

चितवन, असोज ३०—

अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको भर्ना खुलेको दिनदेखि नै चितवनमा आवेदन भर्नेहरुको भीड लागेको छ ।

शनिबार पाँचौ दिनसम्म ३ हजार ५ सय जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । असोज २३ गतेदेखि ३० गतेसम्म म्यादी प्रहरीमा भर्ना हुन आवदेन खुल्ला गरिएको छ ।

शनिबार पाँचौ दिनसम्म ३ हजार ५ सयको आवेदन परेको तर १ हजार ६ सय ७८ जनाको दर्ता गरिएको र बाँकी दर्ताको क्रममा रहेको चितवनका प्रहरी उपरीक्षक दिपक थापाले बताउनुभयो । उहाँले म्यादी प्रहरीमा आवेदन दिनेको उत्साहले प्रहरीप्रति लगाव बढेको पुष्टि हुने बताउनुभयो ।

जतिसक्दो सहज तरीकाले बिहान ९ बजेबाट नै आवेदन दिन सक्ने ब्यवस्था मिलाएको चितवन प्रहरीको दाबी छ । तर, आवेदकहरुले भने व्यवस्थापन राम्रो नहुँदा दुई दिनसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । ब्यवस्थित तरीकाले आवेदन लिने काम नभएकाले समस्या परेको आवेदन दिन आएका अधिकांश ब्यक्तिहरुले बताएका छन् ।

आवेदन दिन हजारौंको संख्यामा उपस्थिति बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय चितवनले कार्यालय नजिकै अगाडि रहेको खुल्ला चौरमा आवेदन लिने ब्यवस्था मिलाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा