• होमपेज
  • Uncategorized
  • लियो कल्ब अफ बैदिकनगरले गर्यो बृक्षारोण एंव सरसफाई कार्यक्रम

लियो कल्ब अफ बैदिकनगरले गर्यो बृक्षारोण एंव सरसफाई कार्यक्रम

  • शनिबार, अशोज २८, २०७४
लियो कल्ब अफ बैदिकनगरले गर्यो  बृक्षारोण एंव सरसफाई  कार्यक्रम

चितवन,असोज २८ –

लियो कल्ब अफ बैदिकनगरको आयोजनमा आज बृक्षारोण एंव सरसफाई गरिएको छ । संस्थाको सामाजिक उतरदायित्व अन्त्तर्गत वातावरण संरक्षण मुलक सरसफाई गरिएको संस्थाका सचिब आशिष कंडेलले जानकारि दिए । भरतपुर महानगरपालिका ४ को त्रिचोक देखि पिपलचोक सम्म सरसफाई गरिएको सचिव कंडेलले जानकारि दिए । सरसफाई संगै सडक छेउमा निम,म्यागोस्टिक,लगाएतका बिरुवा रोप्नुका साथै रोपिएका बिरुवाको गोडमेल समेत गरिएको छ ।

सरसफाई कायक्ममा लियो कल्ब ३२५ बि टुका क्षेत्रिय कोडिनेटर लियो पुष्कर कोईराला, लयान्स कल्ब अफ बैदिकनगरका चार्टर प्रेसिडेन्ट नारायण सापकोटा ,लियो कल्ब अफ बैदिकनगरका अध्यक्ष बिबेक कंडेल ,संस्थाका सदस्य,लायन्स कल्बअफ बैदिकनगरका पदाधिकारि,स्थानिय समाजसेवि लगाएतको उपस्थिति रहेको थियोे । साथै संस्थाले तिहारको अबसरमा कला तथा संस्कृति संरक्षणका लागि देउसि भैलो समेत खेल्ने सस्थाले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार