• होमपेज
  • Uncategorized
  • नेपाल हङकङसँग ८३ रनले पराजित

नेपाल हङकङसँग ८३ रनले पराजित

  • शुक्रबार, अशोज २७, २०७४
नेपाल हङकङसँग ८३ रनले पराजित

काठमाडौं,असोज २७

 विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । टस हारेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।
१९५ रनको लक्ष्य पाएको नेपाल ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १११ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए ।
त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाउँदै पेभेलियन फर्किए । आरिफ शेख २३, विनोद भण्डारी १८, सोमपाल कामी ११ र सागर पुन र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए । सुशन भारीले १ रन बनाए भने वसन्त रेग्मी र करण केसीले खाता खोल्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्न हङकङका एहसान खानले सर्वाधिक ५ विकेट लिए । ५ ओभर ५ वल बलिङ गरेका उनले १७ रन दिएका थिए । त्यस्तै ऐजाज खानले ३, तनवीर अफजल र के क्रिस्टीले १/१ विकेट लिए ।
यस अघि हङकङका लागि जेके एटकिन्सनले सर्वाधिक ७६ रनको योगदान दिए । त्यस्तै तनविर अफजल ३८, बाबर हायात २९ रन, एहसान नवाज १६, निजाकत खान १२, वकास खान १४ रनमा पेभेलियन फर्केका थिए ।
बलिङतर्फ भने नेपालका लागि सन्दिप लामिछानेले १० ओभरमा ४८ रन खर्चँदै ३ विकेट लिए । त्यस्तै करण केसी तथा बसन्त रेग्मीले दुई–दुई विकेट र सुशन भारीले एक विकेट लिए ।

Facebook Comments

सम्बन्धित समाचार