• होमपेज
  • Uncategorized
  • नयाँ शक्ति सूर्य चुनाव चिन्हबाट चुनाव नलडने

नयाँ शक्ति सूर्य चुनाव चिन्हबाट चुनाव नलडने

  • शुक्रबार, अशोज २७, २०७४
नयाँ शक्ति सूर्य चुनाव चिन्हबाट चुनाव नलडने

काठमाडौँ,असोज २७ –

नयाँ शक्ति नेपालले सूर्य चुनाव चिन्हबाट चुनाव नलडने भएको छ । अव नयाँ शक्ति आफ्नै चुनाव चिन्हबाट चुनाव लडने छ ।

यद्यपी अहिलेसम्म नयाँ शक्तिले गठबन्धनबाट बाहिरने निर्णय भने गरेको छैन । चुनावी टिकट बाँडफाँडमा आफ्नो पार्टीको अपमान गरिएको भन्दै नयाँ शक्तिले सूर्य चिन्हबाट चुनाव नलड्ने बताएको हो । गठबन्धनमा भएपनि माओवादी र एमाले आफ्नै चुनाव चिन्हबाट चुनाव लडने भएका छन् । गठबन्धन बन्दा नयाँ शक्तिले सूर्य चिन्हबाट चुनाव लडने सहमति गरेको थियो ।

उता नयाँ शक्तिले पार्टी संयोजक डा।बाबुराम भट्टराई गोरखा २ बाट नै चुनावमा उत्रार्ने भएको छ । आज बसेको सो पार्टीको वैठकमा यस विषयमा सहमति जुटेको छ ।

माओवादी केन्द्र र एमालेबीच गोर्खाका दुवै क्षेत्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवार दिने सहमति नजिक पुगेपछि नयाँ शक्तिले आफ्नो विकल्प अगाडि सारेको हो ।

गोरखा २ नम्वबर क्षेत्रबाट माओवादी केन्द्रका नारायाणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन् । श्रेष्ठ र भट्टराईको निर्वाचन क्षेत्र गोरखा २ नै हो । त्यसैले श्रेष्ठ र भट्टराई दुवैले २ नम्बर क्षेत्र दाबी गर्दै आएका हुन् । श्रेष्ठ कुनै हालतमा पनि गोरखा २ नछाड्ने र भट्टरार्ईले पनि २ बाट उम्मेदवार बन्न नपाए गठबन्धन छोड्ने चेतवानी दिँदै आएका थिए ।

गठबन्धनमा सहमति नजुटेपछि भट्टराईले ओलीलाई छुट्टै भेटेर वाम गठबन्धन र पार्टी एकता प्रक्रियाबाट समेत बाहिरिन चेतावनी दिएका थिए ।
भट्टराईले जुनसुकै अवस्थामा पनि गोरखा २ बाटै उम्मेदवार बन्ने उद्घोष गरिसकेका छन् । अश्विन १७ गते मात्रै आगामी मङ्सिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एमाले र माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकता घोषणा गरेका गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार