• होमपेज
  • समाचार
  • ठोरीको सुवर्णपुरमा बमजनको बलात्कारपछि हत्या : छिमेकी दुसादद्धारा हत्या स्वीकार ….

ठोरीको सुवर्णपुरमा बमजनको बलात्कारपछि हत्या : छिमेकी दुसादद्धारा हत्या स्वीकार ….

  • मङ्लबार, अशोज २४, २०७४
ठोरीको सुवर्णपुरमा बमजनको बलात्कारपछि हत्या : छिमेकी दुसादद्धारा हत्या स्वीकार ….

हेम चापागाई

पर्सा (बिजयबस्ती),असोज २४ –

पर्साको ठोरी गाउँपालिका ५ सुवर्णपुरमा केही दिन अघि हत्या भएको लक्ष्मी बमजनको बलात्कारपछि हत्या भएको खुलासा भएको छ । हत्या गर्ने उनकै छिमेकी उमेश हजारा दुसाद लाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार पत्रकार सम्मेलन गरेर बम्जनको बलात्कारपछि हत्या गर्ने उमेश हजरा दुसादलाई समेत सार्वजनिक गरेको हो । हत्या भएको दिन राती नै पर्सा प्रहरी प्रवक्ता प्रेम कुमार शाहीको नेतृत्वमा खटेको प्रहरी टोलीले शंकास्पद दुसादलाई नियन्त्रणमा लिएको थियो । दुसादले जर्बजस्ती करणीपछि हत्या गरेको स्वीकार गरिसकेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए । अनुसन्धानका लागि अन्य २ जनालाई नियन्त्रणमा लिएको भएपनि दुसाद मात्रै दोषी भेटिएपछि अरुलाई छोडिएको छ ।

दुसाद विरुद्ध जर्वरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्धामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पर्सा प्रहरीले पत्रकार सम्मेलनद्धारा जानकारी गराएको छ । अब बाँकी सजाय कानुन अनुसार तय गरिने प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार