• होमपेज
  • समाचार
  • मनोज समूहले नै गौचन र तिवारी हत्या गरेको प्रहरीको निष्कर्ष

मनोज समूहले नै गौचन र तिवारी हत्या गरेको प्रहरीको निष्कर्ष

  • मङ्लबार, अशोज २४, २०७४
मनोज समूहले नै गौचन र तिवारी हत्या गरेको प्रहरीको निष्कर्ष

काठमाडौं,असोज २४ –

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, प्रहरीको खोजी सूचीमा रहेका काभ्रेका दावा लामा र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने काममा मनोज पुन, लोप्साङ लामा तथा समिरमान बस्नेत समूहको हात रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।

गौचन हत्याको अनुसन्धानमा खटेका प्रहरी अधिकारी तीनवटै घटना मनोज पुन समूहले गरेको बताउँछन् । कुरा गर्दै ती अधिकारीले भने, “तिवारी, दावा र गौचनमाथि गोली प्रहार गर्ने मनोजकै ग्याङ हो । तीनवटै घटना आफूले गराएको भन्दै उनीहरुले जिम्मासमेत लिएका छन् ।” गौचन हत्यापछि मनोज पुन ग्याङको सदस्य बताउने लोप्चन लामाले प्रहरी अधिकारीलाई फोन गरी घटनाको जिम्मा लिएको बताइएको छ ।

“तिवारी घटनामा प्रस्टै थाहा भएको थियो मनोजको हात छ भन्ने, तर दावा हत्या प्रयास र सोमबारको घटनाको पनि सोही समूहले नै लियो,” ती प्रहरी अधिकारीले भने, “आफ्नो भ्यालु बढाउनकै लागि भए पनि हत्यापछि जिम्मा लिने गरेको देखियो ।”

बम
तीनवटै घटनामा अनुभवी सुटरले गोली चलाएको प्रहरीले बताएको छ । “सुटर कहिल्यै पनि आफ्नो निसाना छाड्दैन र गोली हानिसकेपछि पनि हतारले भाग्दैन । फायरिङपछि हतारमा भाग्दा घटनास्थलमा कुनै व्यक्तिले आँट गरेर समात्न सक्ने तथा टाढाबाट प्रतिकार हुन सक्ने भएकाले उनीहरु सुस्त आफ्नो साधन भएको ठाउँसम्म जान्छन् र भाग्छन्,” अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन् । प्रहरीले तीनवटै घटनाका खास सुटरलाई पक्राउ गर्न सकेको छैन ।

गौचन हत्याको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय नक्सालले विषेश ब्युरोमा कार्यरत एसएसपी शेरबहादुर बस्नेतको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको छ । टोलीले विगतका घटनाको प्रकृतिलाई जोडेर अनुसन्धान अघि बढाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार