• होमपेज
  • देश
  • हत्या गरी फरार भएका दुई जना १४ वर्षपछि पक्राउ

हत्या गरी फरार भएका दुई जना १४ वर्षपछि पक्राउ

  • मङ्लबार, अशोज २४, २०७४
हत्या गरी फरार भएका दुई जना १४ वर्षपछि पक्राउ

काठमाडौं, असोज २४ –

काठमाडौं कुमारीगालका रोशन कुमार आले मगरको हत्या गरी फरार भएका काठमाडौं बौद्धका दीपेन्द्र भन्ने दिपेन श्रेष्ठ १४ वर्षपछि पक्राउ परेका छन् ।
२०६० सालमा होली खेल्ने क्रममा झगडा पर्दा श्रेष्ठसहितको समूहले मगरको हत्या गरेको प्रहरीको दाबी छ । श्रेष्ठ काठमाडौंकै गोकर्णेश्वर नगरपालिका चामुण्डागेटबाट पक्राउ परेका हुन् ।
त्यस्तै ज्यान मुद्धाकै अर्का फरार काठमाडौंका संकेत श्रेष्ठ भनिने सुक्रितमान श्रेष्ठ पनि ७ वर्षपछि पक्राउ परेका छन् । श्रेष्ठले सात वर्षअघि आफ्नै श्रीमती नम्रता श्रेष्ठको हत्या गरी फरार भएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार