• होमपेज
  • Uncategorized
  • एसिया कप छनौटको खेल नेपाल ताजकिस्तानसँग खेल्दै

एसिया कप छनौटको खेल नेपाल ताजकिस्तानसँग खेल्दै

  • मङ्लबार, अशोज २४, २०७४
एसिया कप छनौटको खेल नेपाल ताजकिस्तानसँग खेल्दै

काठमाडौं, असोज २४ –

एसिया कप २०१९ को छनौटको आफ्नो चौथो खेलमा नेपालले मंगलबार ताजकिस्तानसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे ताजकिस्तानको घरेलु मैदान हसोर रंगशालामा सुरु हुनेछ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योटुकी कोजीले आजको खेल जित्दै तीन अंक थपेर स्वदेश फर्किने उद्देश्य रहेको बताएका छन् । ताजकिस्तानसँगको खेल जित्न नसकेमा नेपालको शीर्ष दुईमा परेर एसिया कपमा छनौट हुने संभावना लगभग सकिने छ ।
चार टिम सहभागी समूह ‘एफ’ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल पुछारमा छ । एक महिनाअघि एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा भएको खेलमा नेपाललाई हराएको ताजकिस्तान तीन अंकसहित तेश्रो स्थानमा छन् ।
सात अंक जोडेको फिलिपिन्स पहिलो र पाँच अंकसहित यमन दोश्रो स्थानमा छन् । आजको खेलपछि नेपालले फिलिपिन्ससँग काठमाडौंमा र यमनसँग उसकै मैदानमा खेल्न बाँकी हुन्छ ।

Facebook Comments

सम्बन्धित समाचार