• होमपेज
  • देश
  • सिरहामा एक युवकको धारिलो हतियारले घाँटी रेटी हत्या

सिरहामा एक युवकको धारिलो हतियारले घाँटी रेटी हत्या

  • मङ्लबार, अशोज २४, २०७४
सिरहामा एक युवकको धारिलो हतियारले घाँटी रेटी हत्या

सिरहा, असोज २४ –

सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा सोमबार राति एक युवकको धारिलो हतियारले घाँटी रेटी हत्या भएको छ । आफ्नै घरमा सुतिरहेका बेला राति ३५ वर्षका शशिभुषणप्रसाद साहको हत्या भएको प्रहरीले जनाएको छ ।
सोमबार राति अवेर मिर्चैयाबाट साथीहरुसँग रक्सी खाएर आएका साह घरको भुइँतलामा एक्लै सुतेका थिए । साहको सुतेकै ठाउँमा हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो । माथिल्लो तल्लामा सुतिरहेकी श्रीमती राति साढे १ बजे तिर शौचगर्न तल झर्दा श्रीमान सुतेको घरको ढोका खुल्लै देखेपछि गई हेर्दा श्रीमान मृत अवस्थामा देखेको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्यामा संलग्नहरुको खोजी भइरहेको जनाएको छ । साहको शव पोष्टमार्टमका लागि लहानमा रहेको अस्पताल लगिएको छ । साह केही महिनाअघि मात्र हात हतियार तथा खरखजाना मुद्दामा जेल सजाय भुक्तान गरी घर फर्किएका थिए ।
असोज २ गते भएको स्थानीय तहको चुनावमा साहकी श्रीमती नेकपा एमालेको तर्फबाट वडा सदस्यमा उम्मेवादर बन्नुभएको थियो । यसैलाई लिएर विपक्षीले आफ्नो श्रीमानको हत्या गरेको हुनसक्ने साहकी श्रीमतीले आरोप लगाउनु भएको छ । साहका दुई छोरा र दुई छोरी छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा