• होमपेज
  • समाचार
  • राजविराजमा सुँगुर, कुकुर र गाईगोरुको आतंक, नगरबासी प्रभावित

राजविराजमा सुँगुर, कुकुर र गाईगोरुको आतंक, नगरबासी प्रभावित

  • मङ्लबार, अशोज २४, २०७४
राजविराजमा सुँगुर, कुकुर र गाईगोरुको आतंक, नगरबासी प्रभावित

—अरुणकुमार यादव

राजविराज,असोज २४ –

लामो समयदेखि सप्तरीको सदरमुकाम राजविराज नगर क्षेत्रमा सुँगुर, कुकुर र गाईगोरुको छाडापनका कारण नगरवासी दिनहुँ हैरानी खेप्न बाध्य भएका छन् ।

करिब ६० बिगाहाभन्दा बढी क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकाको मुख्य बजारमा सुँगुर छाडापनका कारण यहाँका सर्वसाधारणले दैनिक दुःख पाउनाका साथै राजविराज नगरपालिकाले सँुगुर नियन्त्रणमा ध्यान नदिएका कारण नगरभित्रको मुख्य चोकमा सुँगुरले जहाँतहीँ दिसा गर्ने र थुपारिएको फोहर मुखले खनेर ठाउँठाउँमा दुर्गन्ध फैलिने गरेको स्थानीयवासी श्याम राजकले गुनासो गर्नुभयो ।

राजविराजको दर्शन चोक, गजेन्द्र चोक, महावीर चोक, अस्पताल चोक र हटिया लाइनसहितका विभिन्न ठाउँमा मानिसको बढी उठबस हुने र चहलपहल पनि बढी हुने ठाउँमा जताततैबाट सुँगुर आएर दिसा गर्नाले नगरमा दुर्गन्ध फैलिएको नगरवासीले गुनासो गरेका छन् ।

यहाँका मुख्य चोकमा कुकुर र गाईगोरु पनि जताततै देखा पर्न थालेको बताउँदै गाईगोरुले मुख्य सडकमै दिसा गर्न थालेकाले सर्वसाधारण गाईगोरुको गोबरमा चिप्लेर लड्ने गरेको र यसबाट दुर्घटनासमेत निम्तिएको राजविराजकै प्रमोद यादवले गुनासो गर्नुभयो ।

वर्षौंदेखि यत्रतत्र सुँगुरले नगरमा सर्वसाधारणलाई हैरान गर्दै आए पनि यहाँ दुर्गन्ध फैलँदा पनि यसप्रति नगरपालिका र सम्बन्धित निकायले कुनै चासो नलिएकाले दिनहुँ राजविराजमा सुँगुर, कुकुर र गाईगोरुको छाडापनले समस्या हुने गरेको अर्का स्थानीयबासी मुकेशकुमार यादवले बताउनुभयो ।

सुँगुर पालकले खोरमा राख्ने नगरेकाले पनि सुँगुर आतंक बढ्दै गएको सर्वसाधारणले आरोप लगाएका छन् ।

जहाँतहीँ सुँगुरले फोहर गर्नाले नगरमा रोगको संक्रमण फैलिने सम्भावना देखिएकाले यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बुद्धिजीवीको भनाइ छ ।

यसप्रति सम्बन्धित निकायले ध्यान नदिए सुँगुरले यहाँ दुर्गन्ध फैलाएको ठाउँमा लामखुट्टेको संख्यामा पनि वृद्धि हुँदा साँझपख र राति लामखुट्टेको टोकाइले आक्रान्त पार्ने गरेको राजविराज–४ का राजेश यादवले भन्नुभयो ।

लामखुट्टेको टोकाइबाट मलेरियाजस्ता रोग लाग्न सक्ने भएकाले राजविराजको गल्लीगल्लीमा बस्ने सर्वसाधारण जनतालाई मात्र नभई अधिकांश सरकारी कार्यालयमा समेत सुँगुर पसेर कामकाजका लागि आउने सेवाग्राहीलाई हैरान गर्ने गरेको एक सेवाग्राहीले गुनासो गरेका छन् ।

दुई महिना अगाडि तत्कालीन सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको नेतृत्वमा सुँगुर नियन्त्रण गर्ने विषयमा बसेको बैठकले राजविराजमा देखिएको छाडा सुँगुर मार्ने अभियान चलाइएको थियो ।

तर दुुई महिना अगाडि सप्तरीमा आएको भीषण बाढी र तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा स्थानीय प्रशासनलगायत सम्बन्धित निकाय लागेका कारण अहिले राजविराजमा दिनहुँ सुँगुर, कुकुर र गाईगोरुको बिगबिगी बढेको नगरवासी बताउँछन् ।

सो क्रममा एक महिना अगाडि प्रजिअ कटुवालको सरुवा भएपछि स्थानीय प्रशासनले थालेको सुँगुर मार्ने अभियान नारामै सीमित भएको नगरवासीबाट बुझिन्छ ।

यता राजविराजमा देखिएको सुँगुर आतंकलाई नियन्त्रण गर्नका लागि हालै सम्पन्न भएको तेस्रो चरणको निर्वाचनमा राजविराज नगरपालिकाबाट प्रमुख÷उपप्रमुख र विभिन्न वडाका अध्यक्ष तथा स्थानीय प्रशासनसमेत मिलेर नियन्त्रणमा लाग्नुपर्ने नगरवासीको भनाइ छ ।

यस्तै, राजविराजमा अव्यवस्थित पार्किङले पनि यहाँ जहाँतहीँ सवारी साधन राख्नाले समेत आवतजावतमा समस्या हुने गरेको पाइएको छ । – iरासस

Facebook Comments

सम्बन्धित समाचार