• होमपेज
  • समाचार
  • ठोरीका चोक–चोकमा सौर्य बत्ती, स्थानीय हर्षित

ठोरीका चोक–चोकमा सौर्य बत्ती, स्थानीय हर्षित

  • मङ्लबार, अशोज २४, २०७४
ठोरीका चोक–चोकमा सौर्य बत्ती, स्थानीय हर्षित

हेम चापागाई,

पर्सा (बिजयबस्ती), असोज २४–

पर्सा जिल्लाका ग्रामिण इलाका अन्तर्गतका चोकहरुमा सौर्य बत्ती जडान भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

आर्थिक वर्ष २०७३/७४ को केन्द्रिय बजेट तथा पर्सा निर्वाचन क्षेत्र नम्बर ५ का सांसद जयप्रकाश थारुको पहलमा प्राप्त विशेष पुर्वाधार बजेटबाट ठोरी गाउँपालिकाको बिजयबस्तीलगायतका स्थानहरुमा सोमबारबाट सौर्य बत्ती बल्न थालेपछि स्थानीयबासी हर्षित भएका हुन् । नेपाल भारत सीमा क्षेत्रमा पर्ने उक्त क्षेत्रहरुमा सौर्य बत्ती बलेसंगै चोरी, अवैध निकासी, तथा अन्य अपराधहरुमा कमी आउने आँकलन स्थानीयले गरेका छन् ।

ग्रामिण क्षेत्र भएकोले बिद्युत प्राधिकरणले बेवास्था गर्ने गरेका कारण ठोरी क्षेत्रका गाउँहरुमा अन्य क्षेत्रभन्दा बढी लोडसेडिङ हुने तथा बिद्युत प्रशारणमा अवरोध आएमा मर्मत गर्न धेरै समय लाग्ने गरेको थियो । लामो समयसम्म गाउँ अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको थियो तर सोमबारबाट चोक चोकमा सौर्य बत्ती बल्न थालेपछि ती समस्याहरु केही भएपनि कम भएको स्थानीयले बताएका छन् ।

पर्साको ठोरी गाउँपालिका तथा सुपौलीलगायतका क्षेत्रहरुमा पनि उक्त कार्यक्रम लागु गरिएको पर्सा क्षेत्र नम्बर ५ का सांसद जयप्रकाश थारुले बताउनु भयो ।

Facebook Comments

सम्बन्धित समाचार