काठमाडौं, असोज २४–
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन्।
माघमा पक्राउ परेलगत्तै उनीहरुले प्रहरीलाई सूचना दिएका थिए,‘मनोज पुन नेतृत्वमा रहेको हाम्रो समूहले काठमाडौंमा ताक्दै छ।’ पुनका सहयोगीहरुले दिएको सूचनालाई प्रहरीले सदुपयोग गर्न सकेन। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखोका छन्।
सो समूहमाथि नौ महिनासम्म सार्थक हस्तक्षेप हुननसक्दा सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको निदहाडै गोली हानी हत्या भएको छ।