• होमपेज
  • समाचार
  • पर्सा क्षेत्र नम्बर ४ बाट एमालेका जयप्रकाश थारु सर्वसम्मत

पर्सा क्षेत्र नम्बर ४ बाट एमालेका जयप्रकाश थारु सर्वसम्मत

  • सोमवार, अशोज २३, २०७४
पर्सा क्षेत्र नम्बर ४ बाट एमालेका जयप्रकाश थारु सर्वसम्मत

हेम चापागाई,

पर्सा (बिजयबस्ती) असोज २३–

नेकपा एमाले क्षेत्रीय कमिटले पर्सा निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधि सभाको उम्मेदवारको लागि जयप्रकाश थारुलाई उठाउने निर्णय गरेको छ ।
आज बसेको क्षेत्रीय कमिटिको बैठकबाट जयप्रकाश थारुको नाम सर्वसम्मतिले चयन भएको हो । उम्मेद्वारमा सिफारिस भएका साँसद थारु २०७० को संबिधान सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए । त्यस्तै नेकपा एमालेले क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाकै समानुपातिक तर्फमा पनि तीन जना उम्मेदवारहरुको नाम पनि सिफरिस गरेको छ । नाम सिफरिस हुनेहरुमा रामशरण श्रेष्ठ, मीना गिरी र जगदिश चौहान रहेको क्षेत्र नम्बर ४ का क्षेत्रीय सदस्य लालबहादुर श्रेष्ठले बताउनु भयो ।

Facebook Comments

सम्बन्धित समाचार