• होमपेज
  • समाचार
  • विरोधपछि नवलपुर जिससको निर्वाचन कावासोतीमा

विरोधपछि नवलपुर जिससको निर्वाचन कावासोतीमा

  • सोमवार, अशोज २३, २०७४
विरोधपछि नवलपुर जिससको निर्वाचन कावासोतीमा

ज्ञानु पंगेनी,

नवलपरासी, असोज २३–

नवलपुर क्षेत्रका जनप्रतिनिधी र राजनैतिक दलको विरोधपछि अन्ततः जिल्ला समन्वय समिति नवलपुरको निर्वाचन कावासोतीमा नै हुने भएको छ ।

यसअघि निर्वाचन आयोगले नवलपुर र परासी क्षेत्र दुवैको निर्वाचन यहि असोज २७ गते प्रदेश ५ मा पर्ने नवलपरासीको परासीमा गर्ने गरि तालिका सार्वजनिक गरेको थियो । तर जिल्ला छुट्टिएर प्रदेश नम्बर ४ र ५ मा विभाजन भैसकेपछि पनि निर्वाचन जिल्ला समन्वय समिती नवलपुरको निर्वाचन परासीमा गर्ने निर्णयप्रति यहाँका जनप्रतिनिधी र दलहरुले आपत्ती जनाएका थिए ।

यसैबीच नवलपरासीको प्रदेश ४ अन्र्तगत पर्ने बर्दघाट, सुस्ता पूर्वको जिल्ला समन्वय समितिको निर्वाचन गराउनका लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय सोमबार कावासोतीमा स्थापना गरिएको छ ।

निर्वाचन आयोगको निर्णय अनुसार जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्नको लागि कावासोतीमा कार्यालयको स्थापना गरिएको नवलपरासी बर्दघाट सुस्ता पूर्वका मूख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले बताए ।

यसअघि परासी क्षेत्रमा गर्ने गरी यहि सोमबारदेखि निर्वाचन कार्यतालिका राखिएको थियो । अब नवलपुरको निर्वाचन कावासोतीमा हुने भएपछि कार्यतालिका पनि परिवर्तन भएको छ । जस अनुसार असोज २५ गतेदेखीको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुर र परासी जिससको निर्वाचन एकैदिन असोज २७ गते हुने मूख्य निर्वाचन अधिकृत गौतमले बताए ।

Facebook Comments

सम्बन्धित समाचार