• होमपेज
  • समाचार
  • चितवन क्षेत्र नम्वर १ बाट राप्रपा प्रजातान्त्रिकको उम्मेदवार सिफारिस

चितवन क्षेत्र नम्वर १ बाट राप्रपा प्रजातान्त्रिकको उम्मेदवार सिफारिस

  • सोमवार, अशोज २३, २०७४
चितवन क्षेत्र नम्वर १ बाट राप्रपा प्रजातान्त्रिकको उम्मेदवार सिफारिस

चितवन,साउन २३-

राप्रपा प्रजातान्त्रिकले चितवन क्षेत्र नंं.१ बाट उम्मेदवार सिफारिस गरेको छ । क्षेत्रीय समितिको आईतवार सम्पन्न पूर्ण बैठकले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको नाम जिल्ला समितिमा सिफारिस गरेको हो । सो पार्टीले क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको लागि क्षेत्रीय अध्यक्ष समेत रहेका बलराम खनाल र गोविन्द अधिकारीको नाम सिफारिस गरेको क्षेत्रीय सदस्य हरि अधिकारीले जानकारी दिए ।

प्रतिनिधि सभाकै लागि समानुपातिक तर्फ उसले नन्दप्रसाद भट्टराई,रिमनाथ कँडेल र रामशरण पाठकको नाम सिफारिस गरेको छ । प्रदेश सभा क को लागि शेषमणि बर्तौला र ख को लागि माधव भट्टराईको नाम सिफारिस गरिएको क्षेत्रीय सदस्य अधिकारीले जानकारी दिए । प्रदेश क बाट समानुपातिक तर्फ सो पार्टीले देबराज कँडेल,चन्द्रकुमारी चौधरी,चित्रबहादुर विसुराल र गोपाल पाण्डेको नाम सिफारिस गरेको सो पार्टीले जनाएको छ । प्रदेश ख बाट समानुपातिक तर्फ हरि अधिकारी र विक्रम चौधरीको नाम जिल्ला समितिमा सिफारिस गरिएको बताईएको छ । बैठक क्षेत्रीय अध्यक्ष बलराम खनालको अध्यक्षतामा बसेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार