• होमपेज
  • Uncategorized
  • चितवन जिससमा काँग्रेस र एमालेको उम्मेद्वारी, माओवादीले दिएन् (नामसहित)

चितवन जिससमा काँग्रेस र एमालेको उम्मेद्वारी, माओवादीले दिएन् (नामसहित)

  • सोमवार, अशोज २३, २०७४
चितवन जिससमा काँग्रेस र एमालेको उम्मेद्वारी, माओवादीले दिएन् (नामसहित)

चितवन, असोज २३–

जिल्ला समन्वय समिति (जिसस) चितवनको नेतृत्वको लागि आज (सोमबार) उम्मेद्वारी दर्ता भएको छ । स्थानीय निर्वाचनमा तीन वटा दलले विजयी हासिल गरेपनि जिससमा भने काँग्रेस र एमालेले मात्रै उम्मेद्वारी दिएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट जिससको प्रमुखमा भरत अधिकार र उपप्रमुखमा टिका दाहालले उम्मेद्वारी दिएका छन् । यस्तै महिला सदस्यमा भरथी थरुनी, रमा भट्टराई, शान्ति परियार, दलित/अल्पसंख्यकमा सावित्री वि.क., खुल्ला सदस्यमा प्रेमप्रसाद शर्मा, रविन्द्र गौतम र हरेराम तामाङको उम्मेद्वारी परेको सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले नारायणी अनलाईनलाई जानकारी दिए ।

त्यसैगरि एमालेको तर्फबाट जिसस प्रमुखमा कृष्णकुमार डल्लाकोटी, उपप्रमुखमा मुना कुमारी श्रेष्ठको उम्मेद्वारी परेको छ । जिससको महिला सदस्यमा खिलकुमारी सिंखडा, लिलादेवी पोखरेल, सीता पुन, दलित/अल्पसंख्यकमा गुनु वि.क., खुल्ला सदस्यमा कृष्णप्रसाद अधिकारी, कृष्णराज गुरुङ र चुडामणी महतोको उम्मेद्वारी परेको सहायक निर्वाचन अधिकृत घिमिरेले नारायणी अनलाईनलाई जानकारी दिए ।

जिसस नेतृत्वमा सर्वाधिक ९ मत रहेको नेकपा एमालेको जित निश्चित जस्तै बनेको छ । जिससमा कुल १४ मत मध्ये काँग्रेसको ३ र माओवादी (केन्द्र) को २ मत रहेको छ । यसमा जिल्लाका सात वटा स्थानीय तहका प्रमुख/उप्रमुख, अध्यक्ष/उपाध्यक्षले मतदान गर्नेछन् ।

सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले भोली ११ बजेभित्रमा उम्मेद्वारी फिर्ताको समय रहेको र भोली अन्तिम नामावलीसंगै चुनाव चिन्ह प्रदान गरिने जानकारी दिए । जिसस चितवनको नेतृत्वको लागि असोज २५ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदानको समय तोकिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार