• होमपेज
  • समाचार
  • प्रधानमन्त्री मोदीसँग विवाह गर्न एक महिनादेखि अनसनमा

प्रधानमन्त्री मोदीसँग विवाह गर्न एक महिनादेखि अनसनमा

  • आइतवार, अशोज २२, २०७४
प्रधानमन्त्री मोदीसँग विवाह गर्न एक महिनादेखि अनसनमा

नयाँ दिल्ली,असोज २२ –

भारतको राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा धर्ना र प्रदर्शन हुनु कुनै अनौठो कुरा होइन । विभिन्न संघ–संगठन र व्यक्तिहरु आफू अन्यायमा परेको भन्दै त्यहाँ बेलाबेला अनसन र धर्नामा बसिरहेका हुन्छन्।

तर, विगत एक महिनादेखि जन्तर–मन्तरमा भोक हडतालमा बसेकी जयपुरकी ४५ वर्षीया जय शान्ति शर्माको कथा भने बेग्लै छ । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विवाह गर्न चाहन्छिन् । उनको भनाइ छ, आफूलाई मोदीले मात्र राम्रोसँग बुझ्न सक्छन् । मोदीसँग घरजम गरेर एउटै भात-भान्सा बाँड्ने इच्छासहित उनी महिना दिनदेखि भोक हडतालमा बसेकी हुन्।

भारतीय टेलिभिजन एनडिटिभीले जनाएअनुसार जय शान्तिको विवाह सन् १९८९ मा भएको थियो । विवाहको एक वर्षपछि नै श्रीमानले छोडेपछि उनी एक्लै बस्दै आएकी थिइन्। उनले आफूलाई विवाहको लागि थुप्रै प्रस्ताव आए पनि आफ्नो कुरा प्रधानमन्त्री मोदीले मात्र बुझ्ने उनले दाबी गरेकी छिन्।

मोदीको विवाह पहिले नै जशोदा बेनसँग भइसकेको प्रश्नको उत्तरमा उनले भनिन्, ‘मोदीजी जशोदा बेनसँग बस्दैनन् ।’ उनले मोदीले आफ्नो प्रस्ताव स्विकारे दाइजोको रुपमा २ करोड भारु दिने समेत बताइन् । ‘पुर्खाको जमिन बेचेर २ करोड रुपैयाँ निकाल्न सक्छु’, उनले भनिन्।

भिडियो हेर्नुहोस् :-

जन्तर–मन्तरमा जय शान्ति जस्ता सयौंले गर्ने धर्ना र प्रदर्शनका कारण पर्यावरणमा असर परेको भन्दै सरकारले यो क्षेत्रमा यस्ता गतिविधिमा बिहीबारदेखि रोक लगाएको छ । अदालतले पनि धर्ना र प्रदर्शनका लागि जन्तर–मन्तरभन्दा रामलीला मैदानलाई उपयुक्त विकल्प बताएको छ। – एजेन्सी

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा