• होमपेज
  • मनोरञ्जन
  • शाहरुख खानको क्यान्टिन सरकारले भत्काइदियो

शाहरुख खानको क्यान्टिन सरकारले भत्काइदियो

  • आइतवार, अशोज २२, २०७४
शाहरुख खानको क्यान्टिन सरकारले भत्काइदियो

एजेन्सी,असोज २२-

बलिउड अभिनेता शाहरुख खानले अवैध रुपमा मुम्बईमा चलाएको क्यान्टिन सरकारले भत्काइदिएको छ । भारतीय मिडियाका अनुसार शाहरुखको प्रोडक्सन हाउस ‘रेड चिलीज’ को क्यान्टिन खुला छत ढाकेर बनाइएको यो क्यान्टिन सुरक्षित नरहेको र अवैध भएको भन्दै मुम्बई प्रशासनले भत्काइदिएको हो ।

मेलोडमा रहेको उक्त क्यान्टिन शाहरुखले आफ्नो कार्यालयका कर्मचारीका लागि बनाएका थिए। खुला छत ढाकेर बनाइएको यो क्यान्टिन सुरक्षित नरहेको पनि बताइएको छ। नगरपालिकाले भने छत खुला राख्नुपर्नेमा उनीहरुले ढाकेर प्रयोगमा ल्याएको भन्दै भत्काएको स्पष्टीकरण दिएको छ ।

रेड चिलीजका प्रवक्ताले भने यो व्यवसायिक क्यान्टिन नभएको बताएका छन्। उनका अनुसार कर्मचारीले घरबाट ल्याएको खाना त्यहाँ बसेर खान्छन्।

Facebook Comments

सम्बन्धित समाचार