• होमपेज
  • समाचार
  • सवारी दुर्घटनामा परी साउदीमा एक नेपालीको मृत्यु

सवारी दुर्घटनामा परी साउदीमा एक नेपालीको मृत्यु

  • आइतवार, अशोज २२, २०७४
सवारी दुर्घटनामा परी साउदीमा एक नेपालीको मृत्यु

पाँचथर, असोज २२ –

सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ ।

शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिनुभयो । नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । दुई वर्षअघि साउदी पुगेका उनका दुई श्रीमती र तीन छोरी छन् । –  रासस

Facebook Comments

सम्बन्धित समाचार