• होमपेज
  • समाचार
  • चितवनमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

चितवनमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

  • आइतवार, अशोज २२, २०७४
चितवनमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

चितवन, असोज २२–

चितवनको रत्ननगरमा आज (आईतबार) विहान ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । रत्ननगरको शान्तिचोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

खैरहनीबाट टाँडीतर्फ आउदै गरेको ना ३ त ३३४५ नम्बरको ट्याक्टरले सोहिदिशाबाट आउँदै गरेको ना १६ प ७९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटना परि गम्भीर घाइते भएका राप्ती नगरपालिका–४ निवासी ५६ वर्षीय मनोज पोखरेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।

ठक्कर दिने ट्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार