• होमपेज
  • Uncategorized
  • ए टु जेड मोबाइल हाउसलाई राजश्वको कारबाही, भ्याट छलेको आरोप

ए टु जेड मोबाइल हाउसलाई राजश्वको कारबाही, भ्याट छलेको आरोप

  • आइतवार, अशोज २२, २०७४
ए टु जेड मोबाइल हाउसलाई राजश्वको कारबाही, भ्याट छलेको आरोप

बिकास पौडेल,

चितवन, असोज २२ –

चितवनमा मोबाइल बिक्रेताको रुपमा कहलिएको ए टु जेड मोबाइल हाउस कर छलीको गरेको आरोपमा कारबाहीमा परेको छ । ए टु जेड मोबाइल हाउसले मोबाइल बिक्री गर्दा ग्राहकलाई भ्याट बिल नदिने गरेको रहस्य समेत बाहिर आएको छ ।

ए टु जेड मोबाइल हाउसमा एक जना ग्राहकले मोबाइल खरिदमा भ्याट बिल माग गर्दा सामान्य बिल दिएर भ्याट बिल नदिएपछि उनले आन्तिरक राजश्व कार्यालयमा उजुरी गरेका थिए । उक्त उजुरीको आधारमा आन्तरिक राजश्व कार्यालयले ए टु जेड मोबाइल हाउसलाई कारबाही गरेको छ । ए टु जेड मोबाइल हाउसलाई कारबाही गरिएको तर के कस्तो कारबाही गरिएको होे भन्ने बारे आन्तरिक राजश्व कार्यालयका सूचना अधिकारी डिल्लीराम पौड्यालले खुलाउन चाहेनन् ।

आन्तरिक राजश्व कार्यालयको विशेष श्रोतका अनुसार ए टु जेड मोबाइल हाउसलाई करिब ३४ हजार जरिवाना तिराइएको छ । एक महिना अगाडी उपभोक्ता अधिकार मञ्च चितवनका उपाध्यक्ष बिष्णु भुसालले ए टु जेड मोबाइल हाउसबाट मोबाइल खरिद गर्दा भ्याट बिल नदिएको र त्यसको बिरुद्ध आफुले जिल्ला प्रशासन कार्यालय र आन्तिरिक राजश्व कार्यालयमा उजुरी गरेको बताए । “उपभोक्ताको हकअधिकाको क्षेत्रमा लड्ने हामी अभियान्तालाई त ए टु जेड मोबाइल हाउसले भ्याट बिल माग्दा दिदैन भने अरु सर्वसाधारणलाई त झन् दिने कुरै भएन”– भुषालले भने । कर छली गर्ने उद्देश्यले नै भ्याट बिल नदिएको उनले दाबी गरे ।

उनलाई दिईएको बिलमा ए टु जेडको लागो अंकित छ भने प्यान नम्बर समेत उल्लेख गरिएको छैन् । उनको उजुरी उपर एक महिना अगाडी नै कारबाही गरिएको भएता पनि यो विषय गुपचुप राख्ने प्रयास भएको थियो । यस विषयमा नारायणी अनलाइनले बुझ्दा ए टु जेड मोबाइल हाउसलाई कारबाही स्वरुप जरिवाना गरेको फेला परेको छ । कारबाही भएको विषयमा स्वयम् उजुरीकर्ता समेत जानकार छैनन् । यस विषयमा ए जु जेड मोबाइल हाउसका सञ्चालक दिवाकर गुरुडले जरिवाना तिरेको स्वीकार गरे तर उनले पनि रकम भने खुलाउन चाहेनन् । पहिला पहिला भ्याट बिल तत्कालै नकाटेको तर अहिले भ्याट बिल काट्ने गरेको उनले बताए।

यस्तै चितवनमा रहेका अन्य मोबाईल विक्रेता पसलहरुले पनि भ्याट बिल दिने गरेका छैनन् । यसले राज्यलाई करौंडाको राजश्व घाटा भईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार