• होमपेज
  • समाचार
  • धादिङमा मुङ्ग्रोले हानी घाँटी थिचेर बालकको हत्या

धादिङमा मुङ्ग्रोले हानी घाँटी थिचेर बालकको हत्या

  • आइतवार, अशोज २२, २०७४
धादिङमा मुङ्ग्रोले हानी घाँटी थिचेर बालकको हत्या

मलेखु,(धादिङ)असोज २२ –

दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ ब्रुन्दीमा गएराति एक बालकको हत्या भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–१ ब्रुम्दीका २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय विवेक तामाङको हत्या गरेको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिनुभयो ।

घरमै सुतेका बालकलाई मुङ्ग्रोले हानी घाँटी थिचेर हत्या गरेको ताल्तीका शिक्षक तुलसी थापाले जानकारी दिनुभयो ।

बालकको हत्यापछि गाउँलेले आरोपी तामाङलाई डोरीले बाँधी नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार