• होमपेज
  • समाचार
  • प्राकृतिक चिकित्सामा योगदान पु¥याउने सापकोटा सम्मानित

प्राकृतिक चिकित्सामा योगदान पु¥याउने सापकोटा सम्मानित

  • शनिबार, अशोज २१, २०७४
प्राकृतिक चिकित्सामा योगदान पु¥याउने सापकोटा सम्मानित

चितवन,असोज २१-

प्राकृतिक चिकित्सा मार्फत सामाजिक सेवामा योगदान पु¥याएको भन्दैं युवा समाजसेवी हरिप्रसाद सापकोटालाई सम्मान गरिएको छ । जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल गैडाकोटले आज आयोजना गरेको सामाजिक सेवामा नेतृत्व विषयक गोष्टीमा सापकोटालाई सम्मान गरिएको हो । सापकोटालाई रजहरमा रहेको सामुदायीक प्राकृतिक चिकित्सालयको स्थापना र विकासमा नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्दै सम्मान गरेको संस्थाले जनाएको छ ।कार्यक्रमका प्रमुख अतिथी नवलपरासी क्षेत्र नम्वर ३ का साँसद कृष्ण पौडेलले उहाँलाई सम्मान गर्नुभएको हो ।

सो कार्यक्रममा शिक्षाविद् रमाकान्त सापकोटा र चित्रकार भिम आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल गैडाकोटका अध्यक्ष नारायण प्रसाद तिवारी,गैडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल,सामुदायीक प्राकृतिक चिकित्सालय रजहरका अध्यक्ष शन्त वहादुर क्षेत्री लगाएतले वोल्नु भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार