• होमपेज
  • समाचार
  • नारायणीमा पौडी खेल्दा वेपत्त भएका बालक मृत भेटिए

नारायणीमा पौडी खेल्दा वेपत्त भएका बालक मृत भेटिए

  • शनिबार, अशोज २१, २०७४
नारायणीमा पौडी खेल्दा वेपत्त भएका बालक मृत भेटिए

ज्ञानु पंगेनी

नवलपरासी , असोज २१-

नारायणी नदिमा डुवेर वेपत्ता भएका २ जना बालक मध्ये एक जनाको शव फेला परेको छ । नवलपरासीको कावासोती ११ स्थित नारायणी किनारवाट वेपत्ता भएका १० वर्षका सुमन महतो शनिवार मृत अवस्थामा फेला परेका छन । उनको शव विनयी त्रिवेणी गाउंपालिका ७ मा पर्ने ठूलो ब्यारेज पुलको ३४ र ३५ नम्बर ढोका बिचमा अड्किएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायव निरिक्षक लेखनाथ भण्डारीले बताए । उनका वुवाले सनाखत गरेपछि शवलाई पोष्टमार्टमका पृथ्वीचन्द्र अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।

गत बुधवार कावासोती नगरपालिका ११ लौगाई निवासी १० वर्षका सुमन महतो र ८ वर्षको सुसन महतो नारायाण्ी नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए । उनीहरुलाई प्रहरी र स्थानीयले खोजी गरिरहेका थिए । ८ वर्षका सुसन महतो भने अझै फेला परेका छैनन । उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार