• होमपेज
  • समाचार
  • उपप्रधानमन्त्रीको कार दुर्घटनामा परी निधन

उपप्रधानमन्त्रीको कार दुर्घटनामा परी निधन

  • शनिबार, अशोज २१, २०७४
उपप्रधानमन्त्रीको कार दुर्घटनामा परी निधन

विसकेक,असोज २१ –

किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ ।
एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ ।
स्थानीय समयानुसार शनिबार विहान करिब ७।३० बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ ।
उपप्रधानमन्त्री झुमाकादिरोभ र उनको सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिररहेका थिए । उनीहरु दुबै जनाको भने दुर्घटना स्थलमा मृत्यु भएको बताइएको छ ।
गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षका थिए । उनी गत अगस्तमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त भएका थिए। – रासस/सिन्ह्वा

Facebook Comments

सम्बन्धित समाचार