• होमपेज
  • समाचार
  • चितवनमा यसरी मनाईयो २३ औं राष्ट्रिय कण्डम दिवस

चितवनमा यसरी मनाईयो २३ औं राष्ट्रिय कण्डम दिवस

  • शनिबार, अशोज २१, २०७४
चितवनमा यसरी मनाईयो २३ औं राष्ट्रिय कण्डम दिवस

चितवन,असोज २१-

“दोहोरो सुरक्षाका लागि कण्डममा पहुँच बढाऔं” भन्ने नाराका साथ चितवनमा २३ औं राष्ट्रिय कण्डम दिवस मनाइएको छ । यौनरोग, प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघसंस्थाको आयोजनामा भरतपुरको चौविसकोठीमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा वोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरिक्षक अनुप अधिकारीले एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने वताउनु भयो । उहाँले जनस्वास्थ्य कार्यालयले कण्डमको सहज पहुँच पुर्याउन विभिन्न क्षेत्रका सार्वजनिक स्थानमा निशुल्क कण्डम वितरण गर्ने तयारी गरेको वताउनु भयो ।

यस्तै भरतपुर महानगर वडा नम्वर १० का अध्यक्ष अरुणपिडित भण्डारीले कण्डमको प्रयोगमा लाज मान्न नहुने वताउनु भएको छ । कण्डम प्रयोग सम्वन्धी चेतना गाँउ गाँउमा लैजानुपर्ने उहांको भनाई छ । सो अवसरमा कण्डम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लागयतका विषयमा जानकारी दिइएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरुले कण्डम प्रयोगले यौन रोग, एचआईभी तथा अनपेक्षित गर्भधारण को खतरा वाट जोगाउन उपयोगी रहने बताएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार