• होमपेज
  • समाचार
  • सिरियामा रुस आवद्ध हवाई कारबाही, १२० जना आइएस र ६० विदेशी सैनिकको मृत्यु

सिरियामा रुस आवद्ध हवाई कारबाही, १२० जना आइएस र ६० विदेशी सैनिकको मृत्यु

  • शनिबार, अशोज २१, २०७४
सिरियामा रुस आवद्ध हवाई कारबाही, १२० जना आइएस र ६० विदेशी सैनिकको मृत्यु

मस्को, असोज २१ –

सिरियामा रुस आवद्ध हवाई कारबाहीमा परी १२० जना इस्लामिक स्टेट्स (आइएस) लडाकू र ६० जना विदेशी सैनिक मारिएका छन् ।
रुसी सेनाले शृङखलाबद्ध रुपमा गरेको हवाई कारबाहीमा गत २४ घण्टाको अवधिमा उनीहरु मारिएका मस्कोमा रक्षा मन्त्रालयले जनाएको छ ।
मायाडिन क्षेत्रमा इस्लामिक स्टेट्समा एक कमाण्डरसहित ८० जना लडाकूहरु मारिएका छन् ।
त्यसैगरी थप ४० जना आइएस लडाकू अबु अमाल क्षेत्र वरिपरी मारिएको सरकारी अधिकारहिरुले जनाएका छन् ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृह युद्धमा परिणत भएपछि ठूलो हिंसा जारी छ ।
यो हिंसामा त्यस समयदेखि अहिलेसम्म चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको बताइएको छ ।
लाखौँ व्यक्ति घाइते भएका छन् भने अरु लाखौँले आफ्नै देशमा र छिमेकी देशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

फाइल फोटो

Facebook Comments

सम्बन्धित समाचार