• होमपेज
  • समाचार
  • २१ बर्ष पछि बर्ड एजुकेशन सौराहामा महिला अध्यक्ष

२१ बर्ष पछि बर्ड एजुकेशन सौराहामा महिला अध्यक्ष

  • शनिबार, अशोज २१, २०७४
२१ बर्ष पछि बर्ड एजुकेशन सौराहामा महिला अध्यक्ष

चितवन,असोज २१-

बर्ड एजुकेशन सोसाईटी सौराहाको शनिवार सम्पन्न २१ औं बार्षिक साधारण सभाले सरस्वती सेढाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण परियार,सचिवमा विजय गिरी,कोषाध्यक्षमा पुरुषोतम पोखरेल र सदस्यहरुमा प्रेम बम्जम,बलिराम चौधरी,रामेश्वर चौधरी र नारायण रिजाल निर्विरोध चयन भएको सोसाईटीका निर्वतमान अध्यक्ष बासु विडारीले जानकारी दिए ।

बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विपी चौधरी प्रमुख अतिथि रहेको सो कार्यक्रम सोसाईटीका निर्वतमान अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । सो अबसरमा नवनिर्वाचित अध्यक्ष सेढाईले आफु संस्थागत विकास र चरा संरक्षणमा ध्यान केन्द्रित गर्ने बताईन । चराको अनुगम र संरक्षणको कामलाई प्राथमिकता दिएर काम गर्ने भन्दै उनले चराको संरक्षणमा लामो समय सम्म क्रियाशिल अग्रजहरुको साथ लिएर काम गर्ने प्रतिवद्धता जनाईन ।

Facebook Comments

सम्बन्धित समाचार