• होमपेज
  • Uncategorized
  • ट्रम्पले गरे नयाँ नीति घोषणा, ६ करोड अमेरिकी महिला परिवार नियोजनबाट बञ्चित

ट्रम्पले गरे नयाँ नीति घोषणा, ६ करोड अमेरिकी महिला परिवार नियोजनबाट बञ्चित

  • शनिबार, अशोज २१, २०७४
ट्रम्पले गरे नयाँ नीति घोषणा, ६ करोड अमेरिकी महिला परिवार नियोजनबाट बञ्चित

एजेन्सी,असोज २१ –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले परिवार नियोजन सम्बन्धि नयाँ नीति घोषणा गरेको छ । शुक्रवार घोषणा गरिएको नयाँ नीतिले ६ करोड अमेरिकी महिलालाई परिवार नियोजनका साधनबाट बन्चित गर्न सक्ने बताइएको बीबीसीले जनाएको छ ।

अमेरिकी स्वास्थ्य मन्त्रालयले रोजगारदाता अथवा बीमा कम्पनीहरुले अब धार्मिक अथवा नैतिक धरातलका आधारमा महिलालाई गर्भनिरोधक चक्की वा परिवार नियोजनका अन्य साधन उपलब्ध नगराउन पाउनेछन् । स्वास्थ्य बीमामा धेरैको पहुँच पुर्‍याउने उद्देश्यका साथ पूर्व राष्ट्रपति बराक ओबामाले ल्याएको ‘अफोरडेबल केयर एक्ट’ भनिने ऐन अन्तर्गत त्यसो गर्नुपर्ने हुन्छ । ओबामाले ल्याएको ऐन अनुसार बीमा कम्पनीहरुले महिलालाई परिवार नियोजनका साधनहरु निःशुल्क उपलब्ध गराउने गरेका थिए ।

ट्रम्प घोषणाको महिला अधिकारवादीहरुले आलोचना गरेका छन् भने धार्मिक पुरातनपन्थीहरुले स्वागत गरेका छन् । ‘अमेरिकन सिभिल लिबर्टिज युनियन’ले त्यस विरुद्ध अदालतमा मुद्धा हालिसकेको छ ।

क्यालिफोर्निया राज्यका महान्यायाधिवक्ताले उक्त परिवर्तनविरुद्ध लड्नका निम्ति आवश्यक जेसुकै गर्न आफू तयार रहेको बताएका छन् ।राष्ट्रपति चुनवामा जनाएको प्रतिबद्धता अनुसार ट्रम्पले यो नयाँ नियम ल्याएका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार