• होमपेज
  • Uncategorized
  • चितवन क्षेत्र नं.३ मा प्रचण्डसंग विक्रम पाण्डे चुनाव लड्ने

चितवन क्षेत्र नं.३ मा प्रचण्डसंग विक्रम पाण्डे चुनाव लड्ने

  • शुक्रबार, अशोज २०, २०७४
चितवन क्षेत्र नं.३ मा प्रचण्डसंग विक्रम पाण्डे चुनाव लड्ने

चितवन, असोज २०–

आसन्न प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं.३ को निर्वाचन रोचक बन्ने देखिएको छ ।

यस क्षेत्रमा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै उम्मेद्वार बन्ने घोषणा गरि सकेको अवस्थामा वन तथा भु–संरक्षण मन्त्री एवंम राप्रपा (प्रजातान्त्रिक)का प्रभावशाली नेता विक्रम पाण्डेले उम्मेद्वार बन्ने घोषणा गरेका छन् । नेता पाण्डे साविक क्षेत्र नं.५ का साँसद समेत हुन् । उनी १० हजार ७ सय ७९ मत ल्याएर सो क्षेत्रमा विजयी भएका थिए । हाल सो क्षेत्र प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नं.३ बनेको छ ।

नारायणी अनलाईनसंग कुरा गर्दै नेता पाण्डेले आफू यसअघि सो क्षेत्रबाट नै निर्वाचित भएको र जनताको काम, सुःख दुःखमा साथ दिएकाले जनताले नै सो क्षेत्रबाट आफूलाई चुनावमा उठ्न दवाब दिएको बताए । उनले भने–“मैले यो क्षेत्रमा रगत, पसिना बगाएको छु, अझै धेरै काम गर्न बाँकी छ, त्यस क्षेत्रको विकासका लागि म उम्मेद्वार बन्दैछु ।”

हाल नेपाली काँग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठवन्धनका कार्यदल सदस्य समेत रहेका नेता पाण्डे सोही गठवन्धनबाट चुनाव लड्न लागेको स्रोतले बताएको छ । प्रचण्डसंग तपाईको चुनावी भिडन्त हुने हो ? भन्ने नारायणी अनलाईनको प्रश्नमा पाण्डेले भने–“को संग लड्ने भन्दा पनि मेरो आफ्नो तर्फबाट उम्मेद्वारी निश्चित हो ।”

Facebook Comments

सम्बन्धित समाचार