• होमपेज
  • Uncategorized
  • मान्छेसँग हारेको २६ फिट लामो अजिङ्गरलाई यसरी पकाएर खाइयो

मान्छेसँग हारेको २६ फिट लामो अजिङ्गरलाई यसरी पकाएर खाइयो

  • शुक्रबार, अशोज २०, २०७४
मान्छेसँग हारेको २६ फिट लामो अजिङ्गरलाई यसरी पकाएर खाइयो

एजेन्सी,असोज २० –

२६ फिट लामो अजिंगरलाई देखेर जो कोही पनि डराउँछन् तर इन्डोनेसियाको सुमात्रास्थित बतांग गनसाल जिल्लामा सुरक्षागार्डको रुपमा काम गर्ने रोबर्ट नबाबन डराउने व्यक्तिको सूचीमा परेनन् ।

रोबर्टले उक्त विशाल अजिंगरलाई एक्लै चुनौती दिनुका साथै केही गाउँलेको सहयोगमा त्यसलाई मार्न सफल भए ।

अजिंगरसँगको उक्त लडाईंमा नबाबनलाई गम्भीर चोट लाग्यो । उनको ज्यान त बच्यो तर बायाँ हात घाइते भयो । त्यसपछि पनि उनले अजिंगरसँगको लडाईं जारी राखे ।

नबाबनको अहिले उपचार चलिरहेको छ । गाउँलेले मृत अजिंगरलाई देखुन् भनेर उनले केही दिनसम्म त्यसलाई रुखमा झुण्ड्याएर राखे ।
धेरैजसो निस्किरहन्छन् अजिंगरः

उक्त स्थानमा अजिंगर निस्किएको यो पहिलो घटना भने होइन ।

जिल्लाका स्थानीय सरकारी अधिकारी एलिनारयोन भन्छन्, ‘यसै वर्ष करिब १० पटक अजिंगर देखिइसकेका छन् । गर्मीमा उनीहरु पानीको खोजीमा बाहिर निस्कन्छन् र वर्षामा नुहाृउनका लागि । पाम ओइम प्लान्टेशन भएका कारण यो इलाकामा अत्यधिक मुसा छन् त्यसकारण शिकारको खोजीमा पनि अजिंगर बाहिर निस्कने एउटा कारण हो ।’

नबाबनको बहादुरीः

रोबर्ट नबाबनले यो अजिंगर प्लान्टेशनको एक सडकमा पाएका हुन् । अजिंगरका कारण सडक जाम भएको थियो । मानिसहरु बाटो काट्न सकिरहेका थिएनन् । तर डरका कारण कसैले पनि केही गर्न सकिरहेका थिएनन् ।

३७ वर्षीय नबाबनले अजिंगरलाई बाटोबाट हटाउने निर्णय गरे । उनी एक्लै अजिंगरसँग भिडे । अजिंगरले पनि जवाफी हमला गर्यो र उनको हातमा दाँत गाड्यो ।

इन्डोनेसियाको समाचार एजेन्सी डेतिकसँग कुरा गर्दै नबाबनले भने, ‘म अजिंगरलाई समात्ने कोसिस गरिरहेको थिएँ । त्यसले मेरो हातमा टोक्यो । तर मैले त्यसलाई छोडिनँ ।’

नबाबनले अजिंगरलाई किन समात्न खोजे भन्ने विषयमा केही बताएनन् तर केही रिपोर्टमा दाबी गरिएअनुसार उनी डराएका गाउँलेको मद्दत गर्न चाहन्थे ।

एलिनारयोनका अनुसार नबाबनलाई पेकनबारु शहरको अस्पतालमा लगियो जहाँ उनको उपचार भइरहेको छ । बीबीसीसँग कुरा गर्दै एलिनारयोनले नबाबनको बायाँ हात पूर्ण रुपमा घाइते भएको र डाक्टरले ‘सायद उनको हात काट्न पनि सक्ने’ बताएका छन् ।

मेरो हातमा टोक्यो । तर मैले त्यसलाई छोडिनँ ।’

नबाबनले अजिंगरलाई किन समात्न खोजे भन्ने विषयमा केही बताएनन् तर केही रिपोर्टमा दाबी गरिएअनुसार उनी डराएका गाउँलेको मद्दत गर्न चाहन्थे ।

एलिनारयोनका अनुसार नबाबनलाई पेकनबारु शहरको अस्पतालमा लगियो जहाँ उनको उपचार भइरहेको छ । बीबीसीसँग कुरा गर्दै एलिनारयोनले नबाबनको बायाँ हात पूर्ण रुपमा घाइते भएको र डाक्टरले ‘सायद उनको हात काट्न पनि सक्ने’ बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार